म्याग्दीको बेनीमा परम्परागत ‘बर्खे नाच’ प्रदर्शनी | Khabarhub Khabarhub

म्याग्दीको बेनीमा परम्परागत ‘बर्खे नाच’ प्रदर्शनी


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ ।

बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ ।

बर्खेनाचअन्तर्गत सोमबारदेखि बेनीमा लाखेनाच देखाउन सुरु भएको छ । नागपञ्चमीको दिनदेखि लाखेनाच देखाउन थालिएको नेपाल भाषा मंकाः खलःले जनाएको छ ।

मंकाखलअन्तर्गत युवाहरूको समूह ल्यामः पुचको नेतृत्वमा बर्खेनाच देखाउने गरिन्छ । यस वर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने भएको छ ।

परम्परागतरूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको ल्याम पुचका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस वर्षको बर्खेनाचमा करिब एक दशक बढी समयपछि धानको बालानाच देखाउन लागिएको हो ।

मंकाः खलःले दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिने गरेको छ । नाचका विभिन्न नाचमा ४० जनासम्म कलाकार सहभागी हुने गर्छन् । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृतिहरू लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ सो समुदायले बर्खेनाचलाई जीवन्त राखेका छन् ।

बर्खेनाचका दर्जनौँ नाच लोप हुने अवस्थामा पुगेको सन्दर्भमा युवाहरूको जागरणले संरक्षण र संवर्द्धनमा टेवा पुगेको नेपाल भाषा मंकाःखलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । यस वर्ष पनि युवाहरूलाई आवश्यक तालिम र परामर्श दिएर व्यवस्थित गराउने प्रयास गरिएको उनले जानकारी दिए ।

बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानको रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ । बर्खेनाचमा मृदृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।

खासगरी लाखेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ ।

नागानागिनी नाच भने जनैपूर्णिमा पर्वदेखि दुई दिन वर्षभरि दिवङ्गत भएका व्यक्तिको सम्झनामा देखाउने चलन छ । बर्खेनाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ७ : ४७ बजे

तीन महिनामा भवन नक्सा सम्बन्धी ७३२ वटा प्रक्रिया सम्पन्न

काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको वितेका ३ महिनामा ७३२

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

तनहुँ– पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन)

काठमाडौंको पहेँलो पुल नजिकै बन्दै गरेको स्पोर्टस् पार्क (फोटोफिचर)

काठमाडौं–  काठमाडौं महानगरपालिका– ५ स्थित पहेँलो पुल नजिकै स्पोर्टस् पार्क निर्माणको

नयाँ आईजीपी कार्कीले पदभार ग्रहण गर्दै : यस्तो छ कार्यक्रम

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार

स्काउटको जग्गामा बनाएको दीपक खड्काको संरचनामा काठमाडौं महानगरको डोजर (तस्बिरसहित)

काठमाडौं– लैनचौरस्थित नेपाल स्काउटको जग्गा रहेको पूर्वमन्त्री तथा कांग्रेस नेता