सर्वदलीय बैठकमा राष्ट्रपतिले भने– ‘सक्रिय हुन खोजेको होइन, राष्ट्रप्रतिको चिन्ता हो’ « Khabarhub

सर्वदलीय बैठकमा राष्ट्रपतिले भने– ‘सक्रिय हुन खोजेको होइन, राष्ट्रप्रतिको चिन्ता हो’


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय राजनीतिमा सक्रियता देखाउन नखोजेको बताएका छन् । 

आज आफैँले शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा राष्ट्रपति सक्रिय हुन खोजेको भन्दै एमाले अनुपस्थित भएपछि उनले आफू लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता भएकाले सक्रियता देखाउन नखोजेको बताए ।

राष्ट्रपति पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको उल्लेख गर्दै संंविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको बताए ।

उनले संविधानले दिएको अधिकारअनुसार संविधानको संरक्षण, पालना गर्ने समेत बताए ।

उनले भने, ‘सर्वदलीय बैठक राखेर मैले सक्रियता देखाउन खोजेको होइन, म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको मानिस हुँ। त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो।’

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार जनताका यावत समस्याहरूको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द भएको भए पनि दलहरू सहमतिको नजिक पुगेको समाचारले सन्तोष मिलेको राष्ट्रपतिले बताएका थिए ।

बैठकमा राष्ट्रपतिले संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको भन्दै यसप्रति गम्भीर चासो व्यक्त गरे ।

संंघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्त्वपूर्ण कानुनहरू बन्न नसकेको भनेर चौतर्फी प्रश्न उठिरहेको प्रति गम्भीर बन्नुपर्ने उहाँको धारणा थियो ।

उनले भने, ‘सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय अझै टुङ्गोमा पुग्न सकेको छैन । यतिबेला यो विषय टुङ्ग्याउन सकिएन भने जनताले खोजेको शान्तिको चाहना पुरा हुन सक्दैन ।’

उनले देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन समयमा पास गर्न नसकिए नेपालमा आउने विदेशी लगानी रोकिन सक्ने चिन्ता व्यक्त गरे ।

राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्यका लागि पहल गर्न सर्वदलीय बैठक राखेका हुन्। 

बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, रक्षामन्त्रीसमेत रहेका उपाध्यक्ष पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट भूमि व्यवस्था मन्त्रीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र सन्तोष परियार, जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान र अनितादेवी साह, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी, एकीकृत समाजवादीबाट मेटमणि चौधरी, जसपाबाट प्रमुख सचेतक प्रदीप यादवलगायत नेता सहभागी भएका थिए।

 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १० : ३८ बजे

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी