'स्वार्थपूर्ति भए सदन चल्न दिने, नत्र अवरोध गर्ने एमालेको निर्लज्ज चरित्र' | Khabarhub Khabarhub

‘स्वार्थपूर्ति भए सदन चल्न दिने, नत्र अवरोध गर्ने एमालेको निर्लज्ज चरित्र’


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुर– एमालेले सदनमा निर्लज्जतापूर्ण चरित्र प्रस्तुत गरिरहेको कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको आरोप छ। नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै जनताको अभिमत लिएर सत्तामा जाँदा संसद् विघटन गर्ने एमालेले प्रतिपक्षमा हुँदा पनि संसद् चल्न नदिनु अलोकतान्त्रिक र निर्लज्जतापूर्ण चरित्र भएको आरोप लगाए।

एमालेले सत्तामा हुँदा होस् वा प्रमुख प्रतिपक्षी हुँदा होस् संसद्‍माथि प्रहार गरिरहनु गैर लोकतान्त्रिक भूमिका भएको समेत महरको भनाइ छ। ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधि सभा विघटन गरेको र अहिले प्रतिपक्षमा हुँदा पनि संसद‍्माथि नै प्रहार गर्न खोजिरहेको महरको आरोप छ।’

‘म ओली जीलाई प्रश्न गर्न चाहन्छु लोकतान्त्रिक व्यवस्थामा सदनप्रतिको यति धेरै आक्रोश किन हो? सदन के तपाईं एक जनाको चाहना अनुरुपमात्रै चल्नुपर्ने हो ? एमाले प्रतिपक्षमा हुँदा पनि सत्ताको कस्तो भाग खोजिराख्नु भएको हो ? भाग पाए संसद् चल्न दिने, नत्र संसद् चल्न नदिने अलोकतान्त्रिक र गैर जिम्मेवार चरित्र भएन र?’, महरले भने।

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले जानुपर्ने महरको धारणा छ। राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर एमालेले आफ्ना असन्तुष्टि राखेको भए बहुदलीय व्यवस्थामा दलगत लोकतान्त्रिक चरित्र प्रस्तुत हुने उनले बताए।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ११ : ४९ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड