जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी « Khabarhub

जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पार्टीका नेताहरूको प्रदेश र विभागको जिम्मेवारी तोकेको छ । सो पार्टीको सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो ।  

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इन्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्ज र गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्द्रेश्वरप्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र ई देवनारायण यादव रहेको केन्द्रीय कार्यालय समितिसमेत गठन गरेको छ । यसैगरी संगठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ भने विभागका सदस्यमा रेणु यादव र लाक्पा शेर्पा रहेका छन् ।

संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत तथा सदस्यमा शैलेन्द्र साह र सनबहादुर राई चयन भएका छन् । सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिषकुमार सुमन तथा सदस्यमा लक्ष्मण हुमागाईं र योगराज वनेम चयन भएको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताएका छन्। 

यसैगरी नवलकिशोर साहलाई आर्थिक विभागको सदस्यमा चयन गरिएको छ भने युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ रहेका छन् । विभागको सदस्यमा विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधान सदस्य रहेका छन् ।

महिला विभागमा लीला सिटौला, सदस्यमा उर्मिला साह, मञ्जु अन्सारी, विनिता यादव, किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा चयन भएको सो पार्टीले जनाएको छ । केन्द्रीय सदस्य मनोरञ्जन गोइतमाथि गरिएको अनुशासनात्मक कारबाही फुकुवा गर्ने निर्णय गरेको केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले जानकारी दिए।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १ : ४६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल