अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा  | Khabarhub Khabarhub

अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा 


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अवरुद्ध मुग्लिन–नारायणगढ  सडक खण्ड सञ्चालनमा आएको छ । 

सो सडकखण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो । 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो । सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको हो ।

पहिरो सफा भएपछि दिउँसो १ बजेदेखि दुईतर्फी नै गाडी चल्न सुरू भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख पौडेलले बताए ।

 

 

 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  २ : ०२ बजे

सगरमाथा आरोहणका क्रममा दुई जना सम्पर्कविहीन

काठमाडौं– सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन्

सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं– संघीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु हुन नपाउँदै स्थगित

राष्ट्रिय सभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको अवरोध कायमै

काठमाडौं – संघीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ