‘नारायण रायमाझी सांगीतिक साँझ’ आयोजना हुने  « Khabarhub

‘नारायण रायमाझी सांगीतिक साँझ’ आयोजना हुने 


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ लोकगायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीका आफ्ना गीत प्रत्यक्ष रुपमा प्रस्तुत गर्नका लागि ‘नारायण रायमाझी सांगीतिक साँझ’ आयोजना हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यही भदौ १५ गते सांगीतिक साँझ आयोजना हुने भएको हो । प्रतिष्ठानले सांगीतिक साँझको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष रीता थापामगरले स्रष्टाको सम्मानका लागि भदौ १५ गते दिउँसो १ देखि बेलुकी ७ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा सांगीतिक साँझ आयोजना गर्न लागिएको बताइन्।

उक्त एकल साँझमा रायमाझीले आफूले गाएका उत्कृष्ट गीत प्रस्तुत गर्ने जनाइएको छ । उक्त साँझलाई प्रतिष्ठानले राष्ट्रकै गौरवका रूपमा चित्रण गरेको छ । रायमाझी लोकगीत, संगीत, संस्कृतिको निरन्तर साधक हुन् । रायमाझीले आफ्नो सांगीतिक यात्रा भने विसं २०४२ सालदेखि सुरु गरेका हुन् । उनले त्यति बेला कारगिल (रेलिमै) बाट आफ्नो सांगीतिक यात्राको सुरुवात गरेका हुन् ।

उनका फुल्बुट्टे चोलीमा, राम्दी पुल तरने बित्तिकै, राम्दी पुल तर्ने, गेटमा बेली जाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलिदेऊ माया, सान्नानीले झुक्यायो मलाईलगायत सयौँ गीत सबैका मन मुटुमा बसेका छन् । 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  २ : ४९ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना