साउदीमा राहदानी सेवा शिविर सम्पन्न, ४ सय ७७ आवेदन संकलन « Khabarhub

साउदीमा राहदानी सेवा शिविर सम्पन्न, ४ सय ७७ आवेदन संकलन


५ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबको जिजान, अभा र खामिसमा राहदानी सेवा शिविर सम्पन्न भएको छ । जेद्धास्थित महावाणिज्य दूतावासले गैरआवासीय नेपाली संघ-राष्ट्रिय समन्वय परिषद् साउदी अरबसँगको समन्वय साउदी अरबको जिजान, अभा र खामिसमा राहदानी सेवा शिविर सफलतापूर्वक सम्पन्न गरेको छ ।

महावाणिज्य दूतावासका अनुसार दुई दिवसीय शिविरमा ४ सय ७७ जना सेवाग्राहीको राहदानी नवीकरण आवेदन संकलन गरेको जनाएको छ । शिविरका दौरान-साउदी अरबमा रहँदा आइपर्नसक्ने साझा समस्या, तिनको समाधानको उपाय तथा नेपाली कामदारले त्यहाँ रहनुञ्जेल गर्न हुने र गर्न नहुने कामका बारेमा उपस्थित व्यक्तिहरूलाई आवश्यक जानकारी दिइएको दूतावासले जनाएको छ ।

उक्त शिविर सञ्चालन तथा व्यवस्थापन कार्यमा गैरआवासीय नेपाली संघले लिएको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गर्दै दूतावासले हार्दिक धन्यवाद ज्ञापन गरेको जनाएको छ । यसअघि पनि गैरआवासीय नेपाली संघको समन्वय दूतावासले विभिन्न समयमा राहदानी सेवा शिविर सञ्चालन गर्दै आएको थियो ।

उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सहजतालाई हृदयंगम गरि आफ्नो अमूल्य समय खर्चेर सहयोग गर्ने जेद्दाका कार्यवाहक महावाणिज्यदूत श्रीमान शत्रुधन पोखरेल, श्रम सहचारि ताम्रराज काफ्ले र राजु बाँस्कोटा प्रति एनआरएनले आभार प्रकट गरेको छ । 

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ४ : २१ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार