साउदीमा राहदानी सेवा शिविर सम्पन्न, ४ सय ७७ आवेदन संकलन « Khabarhub

साउदीमा राहदानी सेवा शिविर सम्पन्न, ४ सय ७७ आवेदन संकलन


५ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबको जिजान, अभा र खामिसमा राहदानी सेवा शिविर सम्पन्न भएको छ । जेद्धास्थित महावाणिज्य दूतावासले गैरआवासीय नेपाली संघ-राष्ट्रिय समन्वय परिषद् साउदी अरबसँगको समन्वय साउदी अरबको जिजान, अभा र खामिसमा राहदानी सेवा शिविर सफलतापूर्वक सम्पन्न गरेको छ ।

महावाणिज्य दूतावासका अनुसार दुई दिवसीय शिविरमा ४ सय ७७ जना सेवाग्राहीको राहदानी नवीकरण आवेदन संकलन गरेको जनाएको छ । शिविरका दौरान-साउदी अरबमा रहँदा आइपर्नसक्ने साझा समस्या, तिनको समाधानको उपाय तथा नेपाली कामदारले त्यहाँ रहनुञ्जेल गर्न हुने र गर्न नहुने कामका बारेमा उपस्थित व्यक्तिहरूलाई आवश्यक जानकारी दिइएको दूतावासले जनाएको छ ।

उक्त शिविर सञ्चालन तथा व्यवस्थापन कार्यमा गैरआवासीय नेपाली संघले लिएको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गर्दै दूतावासले हार्दिक धन्यवाद ज्ञापन गरेको जनाएको छ । यसअघि पनि गैरआवासीय नेपाली संघको समन्वय दूतावासले विभिन्न समयमा राहदानी सेवा शिविर सञ्चालन गर्दै आएको थियो ।

उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सहजतालाई हृदयंगम गरि आफ्नो अमूल्य समय खर्चेर सहयोग गर्ने जेद्दाका कार्यवाहक महावाणिज्यदूत श्रीमान शत्रुधन पोखरेल, श्रम सहचारि ताम्रराज काफ्ले र राजु बाँस्कोटा प्रति एनआरएनले आभार प्रकट गरेको छ । 

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ४ : २१ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७