सरकारले जनताका पक्षमा काम गर्नुपर्छ : नेता सिटौला « Khabarhub

सरकारले जनताका पक्षमा काम गर्नुपर्छ : नेता सिटौला


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले जनताका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका लागि संवाद केन्द्रद्वारा आज आयोजित ‘जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रममा नेता सिटौलाले सरकार देश र जनताका निम्ति इमान्दार देखिनुपर्ने उल्लेख गर्दै संविधान कार्यान्वयको पक्षमा विगत पाँच वर्ष सरकारले खेर फालेको उल्लेख गरे ।

सरकारले जनताका आवश्यकता र चाहनालाई नजरअन्दाज गर्न नहुने भन्दै उनले संविधान जारी पछि बनेको सरकारले तीन वर्ष भित्रमा जनताका लागि कानुन बनाइसक्नसपर्थ्यो भन्ने धारणा राखे ।

सङ्घीय सरकारले प्रदेश सरकारलाई जनसम्पर्क कार्यालय जस्तो व्यवहार गरेको उल्लेख गर्दै नेता सिटौलाले जबसम्म प्रदेश सरकारको आफ्नो शासन र प्रशासन हुँदैन तबसम्म सङ्घीयताको मर्म जनताले नबुझ्ने बताए ।

कोशी प्रदेश सरकारको सम्बन्धमा प्रमुख प्रतिपक्ष दलले सरकार गिराउने खेलमा लाग्नुभन्दा पनि सशक्त भूमिका निर्वाह गरी जनताका पक्षमा काम गर्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली, सुशीला ढकाल, तारामणि गुरुङ तथा नेपाली कांगेसका नेता प्राडा रामप्रसाद पोखरेल, कन्दनराज काफ्ले, यदु विष्ट, देउमान थेवे, रामकुमार चौधरी, खड्ग फागोलगायतले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले जनप्रतिनिधिले आफ्ना लागि नभइ जनताका लागि काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ५ : १७ बजे

ढोरपाटनमा भारी हिमपात

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र