श्रीलङ्कामा खडेरीका कारण हजारौँ हेक्टरमा लगाइएको धान नष्ट | Khabarhub Khabarhub

श्रीलङ्कामा खडेरीका कारण हजारौँ हेक्टरमा लगाइएको धान नष्ट


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्कामा खडेरीका कारण ४७ हजार एकडभन्दा बढी धानखेती नष्ट भएको छ ।

कृषिमन्त्री महिन्दा अमरावीराले धानका विरुवा खेतमा नै नष्ट भएका बताए । यद्यपि देशमा चामलको पर्याप्त मौज्दात रहेकाले स्थानीय बजारमा चामलको अभाव नहुने उनको भनाइ छ ।

दक्षिण एसियाली देश श्रीलङ्काको प्रमुख खाद्यान्न धान हो । यसको खेती वर्षमा दुई पटक गरिन्छ । यो याममा पाँच लाख तीन हजार हेक्टर (लगभग १,२४२,९४० एकड) भन्दा बढी धान खेती भएको र अहिले त्यसलाई भित्र्याइन थालेको मन्त्री अमरावीराले पत्रकारहरूलाई बताए ।

श्रीलङ्काको मौसम विभागले देशका केही स्थानमा दैनिक पानी पर्ने तथा अधिकांश ठाउँमा अर्को महिनाको अन्त्यसम्म सुक्खा रहने पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ५ : ५० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय