शीर्ष नेताहरुको बैठक बुधबार पुनः बस्ने « Khabarhub

शीर्ष नेताहरुको बैठक बुधबार पुनः बस्ने


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन तस्करीको छानबिनमा उच्चस्तरीय समिति गठनका लागि कार्यदलले तयार गरेको दस्तावेजलाई अन्तिम रुप दिन शीर्ष नेताहरुको बैठक बुधबारमात्रै बस्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकमा अस्वस्थताको कारणले गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि बुधबार बिहान ११ बजे बैठक बस्ने नेताहरुले जनाएका छन् ।

सोमबार राति बसेको बैठकले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नेबारे सैद्धान्तिक सहमति गरेको थियो । त्यसका लागि सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डे सदस्य रहेको कार्यदल गठन गरिएको छ । मंगलबारको बैठकमा सहभागी भएका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुलाई कार्यदलका सदस्यहरुले दस्तावेजका बारेमा जानकारी गराएका थिए । बैठकपछि प्रधानमन्त्री प्रचण्डले केपी ओलीको स्वास्थ्य अवस्थाका कारण अनुपस्थित भएपछि कुनै छलफल नभएको र बुधबार बैठक बस्ने जानकारी दिए ।

त्यस्तै, कार्यदल सदस्य एवं कांग्रेस मुख्य सचेतक रमेश लेखकले सोमबारकै सहमतिअनुसार दस्तावेज तयार भएको बताए । उनले बुधबार शीर्ष नेताहरुसँग बसेर यसलाई अन्तिम रुप दिने जानकारी दिए । जाँचबुझ आयोग २०२६ बमोजिमको उच्चस्तरीय समिति गठनसहितको दस्तावेज तयार गरिएको भन्दै उनले सीआईबीको छानबिनलाई निरन्तरता दिएर निष्कर्षमा पुर्याउने र सुन तस्करी प्रकरणका भएका कमीकमजोरीलाई नियन्त्रण गर्ने गरि काम गर्ने उल्लेख गरे ।

त्यस्तै एमाले प्रमुख सचेतक पदम गिरिले बुधबार बस्ने बैठकले सबै विषय टुङ्ग्याउने बताए । यता, रास्वपा सभापति रवि लामिछानले शीर्ष नेताहरुको साक्षी बस्नुको कुनै अर्थ नरहेको भन्दै आगामी बैठकमा सहभागी नहुने जिकिर गरे । सामान्य कुरालाई पनि लम्ब्याउने परम्परा उचित नहुने उनको भनाइ छ ।

उच्चस्तरीय समिति गठनका लागि कार्यदलले तयार गरेको दस्तावेजमाथि शीर्ष तहमा सहमति जुटाएर सदनको अवरोध खुलाउने सहमति भएपनि शीर्ष तहकै बैठक प्रभावित भएका कारण मंगलबार पनि प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ६ : २३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट