बागमती प्रदेश : विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी « Khabarhub

बागमती प्रदेश : विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रदेश आन्तरिक पर्यटन काजसम्बन्धी मापदण्ड, २०८० लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकले बलेफी गाउँपालिकाको वडा सङ्ख्या तथा सिमाना हेरफेरका लागि केन्द्र सरकारलाई सिफारिस गर्ने समेत निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी बैठकले विज्ञान प्रविधि नवप्रवर्द्धन तथा विकास कोष सञ्चालन पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठले बागमती प्रदेशसभाको बैठक भदौ १७ गतेका लागि आह्वान गर्न प्रदेशसभालाई आग्रह गर्ने निर्णयसमेत गरेको बताए ।

त्यसैगरी, बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले उल्लेख गरे ।

बैठकले ज्यान जोखिममा परेका सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार कार्यविधि र प्रदेश विपद् व्यवस्थापन परिचालन कार्यविधि स्वीकृत गरेको उनले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : १८ बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका