सभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु गलत : नेता कोइराला « Khabarhub

सभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु गलत : नेता कोइराला


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु गलत रहेको बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले अघिल्लो पटक पनि कोशी प्रदेशमा सभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गरेको र अदालतले उक्त गल्ती सच्याइदिएपनि फेरि अहिले त्यही गल्ती दोहोरिएको जिकिर गरे ।

सभामुखले यसपटक गल्ती दोहो¥याएपनि फेरि एक पटक अदालतको निर्णयलाई पर्खिनुपर्ने उनको भनाइ छ ।

हालै कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक विश्वासको मत लिएका थिए । उनलाई प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएका थिए ।

त्यसअघि पहिलो पटक मुख्यमन्त्रीका रुपमा नियुक्त हुँदा पनि उनको पक्षमा तत्कालिन प्रदेशसभा अध्यक्ष  बाबुराम गौतमले विश्वासको मत दिएका थिए । पछि अदालतले त्यसलाई बदर गरिदिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : ३८ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन