सभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु गलत : नेता कोइराला « Khabarhub

सभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु गलत : नेता कोइराला


५ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु गलत रहेको बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले अघिल्लो पटक पनि कोशी प्रदेशमा सभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गरेको र अदालतले उक्त गल्ती सच्याइदिएपनि फेरि अहिले त्यही गल्ती दोहोरिएको जिकिर गरे ।

सभामुखले यसपटक गल्ती दोहो¥याएपनि फेरि एक पटक अदालतको निर्णयलाई पर्खिनुपर्ने उनको भनाइ छ ।

हालै कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक विश्वासको मत लिएका थिए । उनलाई प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएका थिए ।

त्यसअघि पहिलो पटक मुख्यमन्त्रीका रुपमा नियुक्त हुँदा पनि उनको पक्षमा तत्कालिन प्रदेशसभा अध्यक्ष  बाबुराम गौतमले विश्वासको मत दिएका थिए । पछि अदालतले त्यसलाई बदर गरिदिएको थियो ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ८ : ३८ बजे

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा