सर्लाहीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी « Khabarhub

सर्लाहीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलंगवा क्षेत्रमा बिहीबार राती १० बजेदेखि अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । 

बिहीबार राति मूर्ति सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर मलंगवा नगरपालिका क्षेत्रमा अशान्ति मच्चिएपछि प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । 

पुरानो मलंवाङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्प) सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी अर्को आदेश वा व्यवस्था नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : २० बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा