क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या  | Khabarhub Khabarhub

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या 


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

बैतडी– जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ७५ जना कैदीबन्दी रहेका छन् । 

२०४० सालमा निर्माण गरिएको कारागारको जीर्ण भवनमा कैदीबन्दी राख्न निकै समस्या रहेको कारगारकी जेलर धारा भण्डारीले बताइन् । 

जस्तापाताले छाएको कारागार भवनमा बर्षातको समयमा पानी चुहिने र हिउँदको समयमा शीत चुहिने गर्दछ । खाटमाथि खाट राखेर कैदीबन्दीको बसोबासको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको भण्डारीले बताइन् । जिल्ला कारागार भवन मर्मतका लागि गत आर्थिक वर्षमा ३ लाख बजेट आएकोमा एक भवन मर्मत गरिएको र अर्को भवन मर्मत गर्न बाँकी रहेको छ । 

कारागार भवनमा कैदीबन्दीहरूलाई बसोबासको समस्या रहेको बताइएको छ । कारागार भवनमा ठाउँको अभाव एकातिर छ भने जीर्ण भवन अर्कोतिर रहेको छ । भवनको छानामा प्लास्टिक हालेर व्यवस्थापन गर्नुपरिरहेको भण्डारीले बताइन् । 

कारागार परिसरमा कैदीबन्दीका लागि राखिएको टेन्ट समेत च्यातिएको छ । पुरानो टेन्ट च्यातिएपछि कैदीबन्दीहरुका लागि झन् समस्या भएको छ । 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ११ : ०६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग