प्रधानमन्त्री प्रचण्ड आजदेखि चीन भ्रमणमा « Khabarhub

प्रधानमन्त्री प्रचण्ड आजदेखि चीन भ्रमणमा


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारबाट साताव्यापी चीन भ्रमणमा जाने भएका छन् । 

अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । 

चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट शुक्रबार स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट हाङजाओ प्रस्थान गर्नेछन् । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा हुने १९ औं एसियाली खेलकुदको उद्‌घाटन समारोहमा सहभागी हुनेछन् । शनिबार  चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डको भेट हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ११ : २० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको