शनिबार मोती गजल मुशायरा हुने « Khabarhub

शनिबार मोती गजल मुशायरा हुने


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष असोज ६ गते शनिबारका दिन राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा गजल मुशायरा कार्यक्रमको आयोजना गरेको छ ।

यस मुशायरामा आदिगजलकार मोतीराम भट्टीप्रति श्रद्धा सुमन अभिव्यक्त गर्दै ३ जना चर्चित युवा गजलकारहरूले आआफ्ना गजलहरू तरुन्नम शैलीमा प्रस्तुत गर्नेछन् । कार्यक्रममा तनहुँका गजलकार अन्जान यात्री, धादिङकी गजलकार राधा कणेल र झापाका मिलनकुमार ढुङ्गानाको तरुन्नमका जादूमय प्रस्तुति रहनेछ ।

प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष  रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित ३ जना गजलकारहरूबाट थप ३ जना गजलकारका १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिनेछ । यसका अलावा १० जना गजलकारका १० उत्कृष्ट शेरहरूलाई कार्यक्रमका सहजकर्ता एवं सूत्रधार आँचलकुमार शर्माले वाचन गर्ने कार्यक्रम छ ।

यस कार्यक्रमको मुख्य प्रायोजकमा रूपमा ग्लोबल आइएमई बैँक तथा अन्य सहयोगी एवं सहप्रयोजकहरूमा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम लि।, सूर्य ज्योति लाइफ इन्सोरेन्स, सूर्य नेपाल, एभरेष्ट बैंक लिमिटेड , नागरिक लगानी कोष, टेम्पल टाइगर, भायनेट आदि रहेका छन् । 

संस्थाले आगामी २०८० कात्तिक १८ गते सांस्कृतिक संस्थानकै मुख्य प्रेक्षालयमा साङ्गीतिक गजल गुञ्जन कार्यक्रमसमेत आयोजना गर्ने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ११ : २६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर