मानवीय सेवा अवार्ड रेडक्रसकर्मी ढकाललाई « Khabarhub

मानवीय सेवा अवार्ड रेडक्रसकर्मी ढकाललाई


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले रेडक्रसकर्मी कृष्णप्रसाद ढकाललाई मानवीय सेवा अवार्ड प्रदान गर्ने भएको छ । असोज २५ गते भरतपुरमा हुने ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड–२०८० तथा सम्मान कार्यक्रम’ मा मानवीय सेवा विधातर्फ ढकाललाई सम्मानित गर्न लागिएको हो ।

मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले कोभिडसहितका विभिन्न असहज अवस्थामा बिरामीको उद्धार तथा रगतको प्रबन्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न ढकालले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनलाई मानवीय सेवा विधातर्फ सम्मानित गर्न लागिएको बताए ।

२०३३ सालमा गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–७ मा जन्मिएका ढकाल हाल भरतपुर–७ स्थित श्रीकृष्ण टोलमा बस्दै आएका छन् । रक्तदान कार्यक्रम सहजीकरण समितिको जिल्ला संयोजकको रुपमा रहेका ढकालले रगतको आवश्यकता पर्ने बिरामीहरुलाई रगत जुटाउने काम गर्दै आएका छन् भने आफैँले हालसम्म ३८ पटक रक्तदान गरिसकेका छन् ।

नियमित रक्तदाता ढकाल नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखाका निवर्तमान सभापति समेत भइसकेका छन् । उनी उपशाखा सभापति रहँदा जिल्लाका ४२ वटा उपशाखामध्ये कृष्णपुर उपशाखालाई जिल्लामै उत्कृष्ट बनाउन सफल भएका थिए । कोभिड कहरका समयमा व्यक्तिले व्यक्तिलाई छुन पनि हुँदैन भन्ने भावना विकास भइरहेको अवस्थामा ढकालले कोरोना सङ्क्रमितहरुलाई अस्पताल लैजाने ल्याउने काममा आफूलाई अग्रभागमा राखेका थिए ।
२०६५ सालदेखि रेडक्रसमा आबद्ध भएर विभिन्न भूमिका निभाउँदै आएका ढकाल सिर्जनशील समाज नेपालका कोषाध्यक्ष, मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यसमिति सदस्य, श्रीकृष्ण आध्यात्मिक प्रतिष्ठानका कार्यसमिति सदस्य, श्रीकृष्ण टोल विकास संस्थाका पूर्वअध्यक्ष, नेपाल परिवार नियोजन संघका आजीवन सदस्य, क्यान्सर सेवा समाजका आजीवन सदस्य छन् ।

 भरतपुरको सिजी मलमा रहेको सिनेप्लेक्समा आयोजना हुने अवार्ड तथा सम्मान वितरण कार्यक्रममा मिडिया हाउसले जिल्लाबाट वरिष्ठ पत्रकार नवराज ढकाललाई पत्रकारिता विधातर्फ सम्मानित गर्ने जनाइसकेको छ भने थप नामहरू सार्वजनिक गर्दै जाने महाप्रबन्धक कार्कीले बताए ।

महाप्रबन्धक कार्कीका अनुसार अवार्ड तथा सम्मान कार्यक्रममा चितवनमा रहेर लामो समयदेखि काम गर्दै आएका व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, खेलाडी लगायतको हौसलाका लागि उनीहरुको प्रतिनिधित्व हुने गरी सम्मान गरिँदैछ । ‘चितवनमै पहिलो पटक यस प्रकारको फिल्मी अवार्ड आयोजना गर्दैछौँ’ उनले भने, ‘अवार्डको प्रचारप्रसारका लागि चर्चित कलाकारको साथमा अटोयात्रा समेत गरिँदैछ ।’ अवार्डको पूर्वसन्ध्यामा आयोजना गरिने अटो यात्राले भरतपुरको नगर परिक्रमा गर्ने महाप्रबन्धक कार्कीले जानकारी दिए ।

देशभरबाट विभिन्न विधाका दुई दर्जन कलाकारहरूलाई सम्मान गर्ने गरी असोजको अन्तिम साताभित्र अवार्ड कार्यक्रम आयोजना हुने कार्कीले जानकारी दिए । लक्की मिडिया हाउस चितवनले यही असोज महिनामा गर्ने अवार्डको तयारी तीव्र बनाउँदै कार्यक्रमका लागि कलाकारसँग भेटघाट तथा अन्तरक्रिया गरिरहेको कार्कीको भनाइ छ । महाप्रबन्धक कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताए । 

कलाकारको योगदानको कदर गर्नुपर्नेमा उनले जोड दिए । अवार्ड वितरणका लागि जुरी टिमले कार्यविधि बनाएर काम गरिरहेको उनले बताए । २०७१ सालमा स्थापना भएको लक्की मिडिया हाउस चितवनले चितवनबाट सिनेमा बजारको प्रचार, प्रवर्द्धनका काम तथा विभिन्न इभेन्ट्सहरु गर्दै आइरहेको छ । 

फिल्मी अवार्ड तथा सम्मान कार्यक्रमलाई चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने महाप्रबन्धक कार्कीको भनाइ छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ११ : ३५ बजे

कर्णालीमा सात वर्षमा पाँच हजार ४६५ सवारी दुर्घटना, ८४२ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा सात वर्षयता भएका सवारी दुर्घटनामा परी

रवि लामिछानेले कास्की जिल्ला अदालतमा तारेख धाउन नपर्ने

पोखरा- कास्की जिल्ला अदालतले रवि लामिछानेले तारेख धाउनु नपर्ने आदेश

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको