युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल « Khabarhub

युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको छ । युक्रेनी कृषि नीति तथा खाद्य मन्त्री माइकोला सोल्स्की र उनका पोल्याण्डका समकक्षी रोबर्ट टेलसले युक्रेनको अन्न निर्यातबारे बिहीबार टेलिफोन वार्ता भएको हो । 

युक्रेनको सरकारी प्रेस सेवाका अनुसार दुवै देशका मन्त्रीले दुई पक्षबीचको अनाज विवाद समाधान गर्ने प्रस्तावमा विचार आदानप्रदान गरेका तथा दुवै देशको हितलाई केन्द्रमा  राखेर समस्याको समाधान खोज्ने सहमति भएको छ ।  पोल्याण्डले युक्रेनको निर्यात योजना अध्ययन गरी प्रस्ताव तयार गर्ने विषयमा पनि सहमति भएको छ । दुई पक्षबीचको अर्को चरणको वार्ता चाँडै हुने बताइएको छ ।

अघिल्लो दिन सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले युक्रेन र स्लोभाकियाबीच निर्यात प्रतिबन्ध विस्तार गर्नुको सट्टा युक्रेनको कृषि उत्पादनहरूको लागि इजाजतपत्र प्रणाली स्थापना गर्ने सम्झौतामा पुगेको बताएको थियो । गत साता, पोल्याण्ड, हङ्गेरी र स्लोभाकियाले सेप्टेम्बर १५ देखि प्रतिबन्ध हटाउने युरोपेली आयोगको निर्णयका बाबजुद युक्रेनको अन्नमा नाकाबन्दी जारी राख्ने घोषणा गरेका थिए । 

युक्रेनका प्रधानमन्त्री डेनिस श्मिहलका अनुसार युक्रेनले युक्रेनका छिमेकी युरोपेली सङ्घका सदस्य राष्ट्रमा बजार विकृति हुन नदिन कृषि उत्पादनका चार समूहको निर्यात नियन्त्रण गर्न युरोपेली आयोगलाई कार्ययोजना बुझाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १२ : २८ बजे

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप