शिक्षकहरूका माग कानुनी र संवैधानिक छन् : शेखर कोइराला | Khabarhub Khabarhub

शिक्षकहरूका माग कानुनी र संवैधानिक छन् : शेखर कोइराला


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलित शिक्षकहरूका माग सही र संवैधानिक रहेको बताएका छन्।

सत्तारुढ दलका प्रभावशाली नेता कोइरालाले शिक्षकहरूका मागहरू केही व्यवहारिक, कानुनी र संवैधानिक रहेकोले सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहेका शिक्षकहरू विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको समेत बताए। 

कोइरालाले यस्ता संवेदनशील विषयमा सरकार जिम्मेवार बनेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १२ : ५० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय