पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग « Khabarhub

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

पोखरा- कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उद्घाटन गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गरे ।

चार किलोमिटर लामो पदमार्ग निर्माणका लागि मन्त्रालय रू पाँच लाख सहयोग गरेको सचिव गुरुङले जानकारी दिए । बाँकी रू एक लाख ५० हजार समितिले खर्च गरेको समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । उक्त पदमार्गको उद्घाटन भए पनि स्तरोन्नतिको काम अझै बाँकी रहेको उनले बताए । मन्त्रालयका सचिव गुरुङले चक्रीय पदमार्गले घान्द्रुकको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

“घान्द्रुक कल्चर (संस्कृति) र नेचर (प्रकृति) को धनी गाउँ हो । यसमा निर्माण गरिएको चक्रिय पदमार्गले पर्यटन प्रवर्द्धनमा अझै टेवा पुग्ने छ,” उनले भने, “प्रदेश सरकारले उच्च हिमाली क्षेत्रमा पदमार्ग निर्माणमा सघाउने योजना बनाए अनुसार नै यहाँ सहयोग गरेको हो ।” पदमार्गले दुईवटा मेश्रम बराह मन्दिर जोड्ने भएकाले प्राकृतिक र धार्मिक रुपमा महत्वपूर्ण रहेको सचिव गुरुङले बताए । पदमार्ग अझै अपूरो रहेकाले आगामी वर्षको बजेटमा यसको विस्तारका लागि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

पदमार्ग घान्द्रुकको बसपार्कदेखि सुरु भएर पञ्चे, कोटगाउँ, बलाचे पार्क, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, सात सय घान्द्रुक मेश्रम बराह, नेगो, चिया बगान, गैह्री गाउँ, तल्लो गाउँहुर्द बसपार्कमा पुगेर सकिने समितिका अध्यक्ष गुरुङले जानकारी दिए । पदमार्ग पूर्ण रुपमा सञ्चालनका लागि सरकारसँगै घान्द्रुकका होटल व्यवसायीसँग पनि सहयोग माग्ने योजना रहेको उनले बताए ।

“यो पदमार्ग चार किलोमिटरको दूरीमा छ । पहिलो चरणको काम सकिएको छ । यसमा गर्न बाँकी अझै धेरै काम छ,” समितिका अध्यक्ष गुरुङले भने, “यसका लागि सरकारसँग सहयोग लिने कुरा त छँदैछ, यहाँका होटल व्यवसायीले पनि सहयोग गरे शिलालेख लेखेर राख्ने योजना छ ।” पदमार्ग निर्माणपछि एक दिन भए पनि पर्यटकको बसाइ लम्बिने स्थानीय अमृत गुरुङले बताए । पदमार्गको करिब दुई किलोमिटर क्षेत्रमा वनजङ्गल भएकाले पर्यटक प्रकृतिसँग रमाउने उनको भनाइ थियो ।

“पदमार्ग पर्यटकका लागि अति नै महत्वपूर्ण छ । यसले पर्यटकको बसाइ अवश्य लम्ब्याउँछ,” अमृतले भने, “यसको आधा भागमा वनजङ्गल पर्छ । यहाँ पर्यटकले चराचुरुङ्गीको आवाजसँगै वन्यजन्तुहरु मृग, स्याल, वनकुखुरा अवलोकन गर्न सक्छन् ।” पदमार्गमा पर्यटकले चिया बगानसँगै फागुन–चैतमा लालीगुराँससँग रम्दै समय बिताउन सक्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १ : ३३ बजे

बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री 

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट

बालेनको तीन वर्षे रिपोर्ट कार्ड : ६ महानगरबीच कहिल्यै अब्बल बनेन काठमाडौं

काठमाडौं– यतिबेला मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनतिर होमिएको

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए

काठमाडौं ४ का मतदाताको अनुभव : अहिले गगन थापाको लोकप्रियता मदन भण्डारीको जस्तै छ

काठमाडौं- २०६४ सालयताका निर्वाचनमा लगातार विजयी नेपाली कांग्रेसका सभापति गगनकुमार

लगानीकर्ता निरुत्साहित भए, आवश्यक परे ७ दिनभित्र अध्यादेश ल्याउछौँ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैर–आवासीय नेपाली (एनआरएन) र