स्थानीय तहलाई माध्यमिक तहसम्म शिक्षाको जिम्मा दिने प्रस्ताव उचित छैन : अध्यक्ष नेपाल « Khabarhub

स्थानीय तहलाई माध्यमिक तहसम्म शिक्षाको जिम्मा दिने प्रस्ताव उचित छैन : अध्यक्ष नेपाल


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माध्यमिक तहसम्म शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने प्रस्ताव उचित नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले विद्यालय शिक्षासम्बन्धी विधेयकमा प्रस्तावित व्यवस्थाले माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले गर्न नसक्नेसमेत बताए ।

शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिँदा कसरी उपयोग गर्ने कुरामा मात्र सीमित हुने अवस्था आउनसक्ने भएकाले प्रश्न उठ्नसक्ने उनले बताए ।

उनले अधिकारको विकेन्द्रीकरणको कुरा सोचेर पालिका तहमै माध्यमिक तहसम्मको अधिकार दिएको भन्दै अहिले नै संविधान संशोधन हुने अवस्था नरहेको जिकिर गरे । उनले सडकमा उत्रेका शिक्षकहरुको जायज मागलाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले अहिले आन्दोलनको उपलब्धी कसरी जोगाउने भन्ने चिन्ता रहेको भन्दै भ्रष्टाचार कमिसनतन्त्र, ढिलासुस्तीलगायतको व्यापक विरोध गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : ०६ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर