स्थानीय तहलाई माध्यमिक तहसम्म शिक्षाको जिम्मा दिने प्रस्ताव उचित छैन : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

स्थानीय तहलाई माध्यमिक तहसम्म शिक्षाको जिम्मा दिने प्रस्ताव उचित छैन : अध्यक्ष नेपाल


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माध्यमिक तहसम्म शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने प्रस्ताव उचित नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले विद्यालय शिक्षासम्बन्धी विधेयकमा प्रस्तावित व्यवस्थाले माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले गर्न नसक्नेसमेत बताए ।

शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिँदा कसरी उपयोग गर्ने कुरामा मात्र सीमित हुने अवस्था आउनसक्ने भएकाले प्रश्न उठ्नसक्ने उनले बताए ।

उनले अधिकारको विकेन्द्रीकरणको कुरा सोचेर पालिका तहमै माध्यमिक तहसम्मको अधिकार दिएको भन्दै अहिले नै संविधान संशोधन हुने अवस्था नरहेको जिकिर गरे । उनले सडकमा उत्रेका शिक्षकहरुको जायज मागलाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले अहिले आन्दोलनको उपलब्धी कसरी जोगाउने भन्ने चिन्ता रहेको भन्दै भ्रष्टाचार कमिसनतन्त्र, ढिलासुस्तीलगायतको व्यापक विरोध गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : ०६ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु