दिगो विकास लक्ष्यबारे छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना | Khabarhub Khabarhub

दिगो विकास लक्ष्यबारे छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकास लक्ष्यका बारेमा छलफलका लागि सरकारले सर्वपक्षीय बैठक आयोजना गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले आयोजना गरेको दिगो विकास लक्ष्यसम्बन्धी बहुपक्षीय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले दिगो विकास लक्ष्य प्राप्त गर्न राष्ट्रिय रुपमा ऐक्यबद्धताका लागि सरकारले सर्वपक्षीय बैठक र छलफल आयोजना गर्नुपर्ने सुझाव दिएका हुन् ।

उनले दिगो विकास लक्ष्य प्राप्त गर्न तीन वटै तहका सरकार र सरोकारवालाहरु सम्मिलित बैठकबाट कार्यान्वयनको अनुगमन गर्ने काम संघीय सरकारले गर्नुपर्ने बताए ।

‘दिगो विकासको लक्ष्य भेट्टाउन मुश्किल छैन, त्यसका लागि इच्छाशक्ति चाहिन्छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘यसको नेतृत्व संघीय सरकारले गर्नुपर्छ र तीन वटै तहबाट भइरहेका कार्यहरुको नियमित अपडेट राख्दै अघि बढ्नुपर्छ ।’ जिल्लास्तरमा स्थानीय सरकारबाट भएका कामहरुको अनुगमनको जिम्मा जिल्ला समन्वय समितिलाई दिन पनि उनले सुझाव दिए ।

अध्यक्ष तिमिल्सिनाले दिगो विकास लक्ष्य प्राप्तिका लागि राजनीतिक दलहरुको प्रतिबद्धता र घोषणापत्र कार्यान्वयनका बारेमा पनि चासो दिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ५ : ०४ बजे

Nepatop

सावित्राको गोलमा ग्वेंगाम्प विजयी

काठमाडौं । फ्रान्सको शीर्ष डिभिजन लिगमा नेपाली राष्ट्रिय टोलीकी फरवार्ड

नइका ‘सिक्का र टिकट’ लोकार्पण

काठमाडौं । नइ प्रकाशनले नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का

वनमन्त्री महतो स्वदेश फिर्ता

काठमाडौं । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो संयुक्त राष्ट्रसङ्घीय

नयाँ दिल्लीमा जारी सैनिक सम्मेलनमा नेपाली सेनाका तीन अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुने

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको सेनाप्रमुखको सम्मेलनमा नेपाली

वनारसी जात्रा : पुजारी दलित, श्रद्धालु गैरदलित

बैतडी – पाटन नगरपालिका–३ गुजरमा रहेको प्रसिद्ध वनारसी धाममा हरेक