कैलाली र कास्कीबाट लागूऔषधसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

कैलाली र कास्कीबाट लागूऔषधसहित दुई जना पक्राउ


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलाली र कास्कीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका ४ राजीपुर खल्ला बजारस्थित सडकबाट अवैध लागूऔषध चरेसजस्तो देखिने पदार्थ ४ केजी ७ सय १० ग्राम र १८ हजार ५ सय भारतीय रूपैयाँसहित बझाङ सुर्मा गाउँपालिका ४ ठगुनडाँडा बस्ने ४४ वर्षीय सालीभान पुजारालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका ३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा २ केजी १ सय ७० ग्रामसहित सोही महानगरपालिका २१ कृष्ती घर भई हाल सोही महानगरपालिका १५ फुलवारी गैह्रगाउँ बस्ने १९ वर्षीय राजन विकलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : १२ बजे

बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक

इंग्लिस प्रिमियर लिग : न्युक्यासलसँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ

नेपाल सुपर लिग : आज स्पोर्टिङ इलाम र एफसी बुटवल लुम्बिनी खेल्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज स्पोर्टिङ इलाम डे

चिसोमा किन बढ्छ दम, कसरी जोगिने ?

अहिले जाडो मौसम चलिरहेको छ। यो मौसममा श्वासप्रश्वास सम्बन्धी रोगहरु

अपाङ्गता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन जरुरी : राष्ट्रपति 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन