राजनीति

सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिप्रति राहत शिक्षकहरू असन्तुष्ट

By खबरहब

September 22, 2023

काठमाडौँ- सरकार र शिक्षासम्बन्धी विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच भएको सहमतिप्रति राहत शिक्षकहरू असन्तुष्ट भएका छन् ।

गृह मन्त्रालयमा सरकार र शिक्षकहरुबीच भएको वार्तामा आफूहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरु असन्तुष्ट बनेका हुन् ।

वार्ताका क्रममा सरकार र शिक्षकहरुबीच ७ बुँदे सहमति भएको थियो । यद्यपि राहत शिक्षकको माग सहमतिपत्रमा नसमेटिएको राहत शिक्षकहरुको भनाइ छ ।