सुरक्षा व्यवस्था सुदृढ गर्न ‘सुरक्षित कर्णाली विशेष अभियान’ « Khabarhub

सुरक्षा व्यवस्था सुदृढ गर्न ‘सुरक्षित कर्णाली विशेष अभियान’


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली – नेपाल प्रहरीले थालेको ‘सुरक्षित कर्णाली विशेष अभियान’ प्रभावकारी बन्दै गएको छ । अभियानपश्चात् नागरिक समस्याका सूचना सहजै प्रहरीसम्म पुग्न थालेका छन् ।

कर्णाली प्रदेश सरकारको समन्वयमा प्रदेश प्रहरी कार्यालय सुर्खेतले चार महिना अघि सुरुआत गरेको अभियानले प्रहरीसम्म जनताको सहज पहुँच विस्तार भएको छ । खासगरी कर्णालीको सुरक्षा व्यवस्थालाई सुदृढ गर्न र यहाँका नागरिकको शान्ति सुरक्षाको अवस्थालाई मजबुत पार्न ‘सुरक्षित कर्णाली विशेष अभियान’ थालिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशमा एक लाख ६० हजारभन्दा बढी घरधुरीमा स्टीकर टाँसी सकिएको छ । यसले सूचना सङ्कलन गर्न तथा शान्ति सुरक्षालाई थप व्यवस्थित बनाउन सहयोग मिलेको छ । प्रदेश प्रहरीले कर्णाली प्रदेशका दुई सय स्थानमा ट्राफिक सचेतना बोर्ड र प्रदेशका २९ स्थानमा डमी ट्राफिकसमेत राखिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए ।

त्यसैगरी, प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण, प्रदेश ट्राफिक कार्यालयको निरीक्षण गर्न सुर्खेत आइपुगेका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले प्रदेश सरकारसँगको समन्वयमा प्रारम्भ गरिएको ‘सुरक्षित कर्णाली विशेष अभियान’ प्रशंसायोग्य भएको बताए। कर्णालीको सुरक्षा व्यवस्था मजबुत बनाउन थालिएको अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने जनाउँदै उनले भने, “यो अभियानले कर्णालीका नागरिकलाई प्रहरीसम्मको पहुँच विस्तार र उनीहरूसँगको सम्बन्ध थप प्रगाढ हुने मैले देखेको छु । यसमा अँझै तपाईहरू नागरिकको शान्ति सुरक्षामा आफ्नो सक्रियता बढाउनुस् ।”

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा प्रहरीको दरबन्दी कम हुँदाका बाबजुद पनि प्रहरीले राम्रोसँग काम गरिरहेको बताए । मन्त्री जिसीले भने, “प्रदेश प्रहरीसँग दरबन्दी बमोजिम आवश्यक जनशक्ति छैन । स्रोत, साधनको अभाव र भौगोलिक विकटता हुँदा पनि शान्ति सुरक्षा कायम र समाजमा हुने अपराध न्यूनीकरणमा अहोरात्र खटिरहेको देखेको छु । प्रहरीको प्रशंसा गर्न लायक काम छ ।”

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : ३८ बजे

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक