पाकिस्तानमा पुनः देखियो पोलियो सङ्क्रमण « Khabarhub

पाकिस्तानमा पुनः देखियो पोलियो सङ्क्रमण


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा पुनः पोलियोको सङ्क्रमण फेला परेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले पूर्वी पञ्जाब प्रान्तको राजधानी लाहोरमा पोलियाको सङ्क्रमण फेला परेको जानकारी दिएको हो ।

यससँगै लाहोरमा यस वर्ष देखिएको यो चौथो पोलियो सङ्क्रमण हो । लाहोरमा फेला परेका चारमध्ये पोलियोको तीन केसको अणुवाशिंक परीक्षण गर्दा यस सङ्क्रमण अफगानिस्तानमा फेला परेको भाइरससँग मेल खाएको मन्त्रालयको भनाइ छ ।

यस वर्षमात्रै पोलियोका कारण मुलुकका दुई बालबालिकामा पक्षघात भएको पाकिस्तानी स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ । दुबै बालबालिका खैबर पख्तुनख्वा प्रान्तको बान्नु जिल्लाका रहेको जनाइएको छ ।

पछिल्लो समय पाकिस्तानले पोलियो उन्मूलनका लागि व्यापक खोप अभियान सञ्चालन गरिरहेको भएपनि अपेक्षित सफलता हासिल हुन नसकेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १२ : ०९ बजे

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि