चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन « Khabarhub

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन् ।

यातायात क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई बोलाएर उनले आज छलफल गरेपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको हो ।

बैठकमा राज्यमन्त्री नन्दा चपार्ईं, बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवसायी महासङ्घ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनका प्रतिनिधिहरू र काठमाडौँ महानगरपालिकाका प्रतिनिधिको सहभागिता थियो ।

दसैँ, तिहार र छठ पर्वमा राजधानी काठमाडौँबाट बर्सेनि १० लाख यात्रु बाहिरिने गरेका छन् । मन्त्री ज्वालाले दसैँको बुकिङ खुल्नुभन्दा अगाडि सडकको अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन पनि दिए । काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सुरक्षित गन्तव्यस्थल पुर्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ज्वालाले भने, ‘बर्षातका कारण सडकहरू बिग्रेका छन्, ती सडक तत्काल सुधार गर्नुहोस् ।” उनले राज्यका अन्य निकाय र मन्त्रालयसँग सहकार्य गरी निरीक्षण गर्ने बताए ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकको अवस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिबद्धता व्यक्त गरे । ट्राफिक महाशाखाका प्रतिनिधिले सडक व्यवस्थापनका लागि आफूले कुनै कसरत बाँकी नराख्ने बताए । यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज चौलागाईंले गाडीको अभावमा टीका लगाउनबाट कसैलाई पनि वञ्चित हुन नदिने प्रतिबद्धता जनाए ।

उपभोक्ता संरक्षण मञ्चका प्रतिनिधिहरूले सडक छेउका होटलले यात्रुहरूलाई दूषित खाना खुवाउने र त्यसको चर्को मूल्य असुल गर्ने गरेको भन्दै त्यसको निरीक्षण गर्न मन्त्री ज्वालालाई आग्रह गरे ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ९ : ११ बजे

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर – रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको

भारत–नेपालबीच एआई क्षेत्रमा सहकार्यका सम्भावनाबारे अन्तरक्रिया

काठमाडौं֬– नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई)