महाकालीलाई किन दिइन्छ पशु बलि ? « Khabarhub

महाकालीलाई किन दिइन्छ पशु बलि ?


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

आज बडादसैँको आठौँ दिन, अर्थात् महाअष्टमी । यस दिन महाकाली (भद्रकाली) को विशेष पूजाआजा गरिन्छ ।

महाअष्टमीका दिन दसैँ घर तथा जमरा कोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्ने प्रचलन छ । यसलाई कतिपय ठाउँमा दुर्गा थापेको पनि भनिन्छ ।

यस दिन कलपुर्जा, हातहतियार र सवारी साधनको समेत बलिसहित पूजा गरिन्छ । पशुबलि नचढाउनेले पनि जमरा कोठामा घिरौँला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।

आज देशभरका विभिन्न शक्तिपीठहरुमा बली चढाउने र पूजाआराधना गर्नेहरूको घुइँचो लाग्छ । दसैँघर, कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजा अर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा पनि छ ।

प्राचीनकालमा दक्षप्रजापतिको यज्ञ नास गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएको विश्वासमा पूजा गर्ने चलन चलिआएको देवी भागवतमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ६ : २१ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६