आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्छ : स्वास्थ्यमन्त्री « Khabarhub

आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्छ : स्वास्थ्यमन्त्री


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल निर्माणको शिलान्यास गर्दै उनले पूर्वाधारसँगै अस्पतालको सेवा सञ्चालनमा सरकारको सहयोग रहने बताए ।

मन्त्री बस्नेतले अस्पताल भवनको पहिलो तला निर्माणका लागि ३८ लाख रुपैयाँ सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने वचन दिए ।

‘अस्पतालको भवनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तोकेको मापदण्ड छ, सोहीअनुसार पहिलो तलाका लागि चाहिने बजेट यही वर्ष हामी उपलब्ध गराउँछौँ’, उनले भने, ‘पूर्वाधारसँगै अस्पतालको सेवा सञ्चालनमा सरकारको सहयोग रहन्छ ।’

उनले आयुर्वेदको विकासका लागि सरकारले जेजति गर्नुपर्ने थियो अझै हुन नसकेको बताए ।

स्वास्थ्यमन्त्री बस्नेतले पञ्चकोटमा आयोजित श्री विश्वशान्ति गण्डकी महासभाको २२औँ शृङ्खलाको शुभारम्भसमेत गरेका थिए । 

सो अवसरमा मन्त्रीसमक्ष आगामी फागुनमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० बारे जानकारी गराइएको पञ्चकोट विकास समितिका सचिव नारायण आचार्यले जानकारी दिए । 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ८ : ३५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।