खसीबोकाको मूल्य नपाएको किसानको गुनासो  | Khabarhub Khabarhub

खसीबोकाको मूल्य नपाएको किसानको गुनासो 


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामना गाउँपालिकाका किसानले आफूले पालेका खसीबोका नारायणगढ बजारमा बिक्री गरेका छन् । इच्छाकामना गाउँपालिका–६ कोयलघारीका निरबहादुर गुरुङले नारायणगढ बजारमा खसीबोका बिक्री गरेको बताए । 

‘दुई दिनसम्म नारायणगढमा खसी बेच्न गएँ । मूल्य नै पाइँदैन’, उनले भने, ‘केजीको पाँच सय रुपैयाँमा पनि बिक्री हुन गाह्रो भयो ।’ उनले गाउँबाट ३३ किलोमिटर दूरीमा रहेको नारायणगढ बजारमा ल्याएर खसीबोका बिक्री गरेका हुन् । कतिपय किसानले घरबाट नै खसीबोका बेच्ने गरेका छन् ।

यसअघि गाउँको सहकारीले घरमै आएर खसीबोका खरिद गर्दथ्यो । यस वर्ष खरिद गरेका छैनन् । त्यसकारण पनि किसानले बजार झरेर खसीबोका बेच्नु परेको इच्छाकामना–६ कोयलघारीकी च्यन्टी मायाँले भनिन् । ‘खोरमा २० बाख्रा छन् । चार वटा २० हजारमा बेचियो’, उनले भने, ‘अरु खसी बजार लगेर बेच्ने तयारीमा छु ।’

कोयलघारीकै डोपबहादुर गुरुङलाई विगतकाे वर्षजस्तै यस वर्ष दसैँ खर्चको जोहो गर्न समस्या भएन । उनले घरमा पालेका खसीबोकाले दसैँ खर्च टर्ने भएको छ । 

घरमा पालेका १० खसीबोका बिक्री गरेर यसपालिको दसैँ खर्चको जोहो गरिसकेको उनको भनाइ छ । खसीबोका बिक्रीबाट गुरुङले दसैँमा करिब ९० हजार रुपैयाँ आर्जन गरेका छन् । 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  १० : २५ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु