खपत कम हुँदा दूध किसानले पाएनन् भुक्तानी « Khabarhub

खपत कम हुँदा दूध किसानले पाएनन् भुक्तानी


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग कम हुँदा दूध बिक्री गर्ने कम्पनीहरूले किसानलाई समयमै भुक्तानी नसकेको एसोसिएसनको भनाइ छ ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अर्बौं रकम बराबरको धुलो दूध र बटर ‘स्टक’ हुँदा किसानको समयमै भुक्तानी नपाएको बताए । दूधको खपत कम हुँदा ‘मिल्क होलिडे’ रोक्न डेरी उद्योगले किसानको दूध निरन्तर खरिद गरी पाउडर दूध बनाएर राख्नुपर्ने बाध्यता बनेको र पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा हाल डेरीमा ‘स्टक’ भएको उनको भनाइ छ । 

आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापनलगायतका कारणले दूधको माग कम भएको र नेपालको उत्पादन भारतको भन्दा केही महङ्गो भएर भारतको सीमाबाट नेपाल दुध तथा दुग्ध पदार्थ आयातका कारणले पनि नेपाली किसान मर्कामा पर्दै आएको उनले बताए । 

‘दसैँको मुखमा भुक्तानी नपाउँदा गाई भैँसीलाई नियमित दाना पानीसमेत खुवाउन किसानलाई कठिन भएको छ । सामान स्टक भएर चालु पुँजी नभएका कारण डेरी उद्योगमा यस्तो आर्थिक समस्या भएको छ’, अध्यक्ष दाहालले भने । 

उनले दसैँमा दूध र दुग्धजन्य पदार्थको खपत बढाउन आग्रह गरे । ‘किसान र उद्योग बचाउनु सबैको कर्तव्य हो । त्यसैले चाडपर्वमा दूध तथा दुग्ध पदार्थ बढीभन्दा बढी खपत गर्ने र कतै जाँदा कोसेलीको रूपमा पनि दूध तथा दुग्ध पदार्थ नै लगी किसान र उद्योग बचाउने अभियानमा साथ दिन आमजनसमुदायलाई आग्रह गर्दछौँ’, अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अतिथिलाई मायाको चिनो दिँदा पनि दूध तथा दुग्ध पदार्थ नै प्रयोग गरिदिन र सहकारीका सदस्यलाई यातायात खर्च बापत दिइने रकमको सट्टामा पनि घिउ, पनिर, गुँदपाक, पुस्टकारी, छुर्पी, खुवाआदि वितरण गरी आम किसान र उद्योगलाई सहयोग पुर्‍याउन पनि एसोसिएसनले आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  १ : ३५ बजे

वर्षा भन्छिन् : दीपक-दीपाको जस्तो सम्बन्ध सधैँ अटल रहोस्

काठमाडौं– कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरसँग लडिरहँदा उनका प्रिय सहकर्मी

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार

आयल निगमले अबदेखि खान पकाउने ग्यास भरी सिलिन्डर बेच्ने

काठमाडौं- नेपाल आयल निगमले बुधबारदेखि देशभर पूर्ण तौल (भरी सिलिण्डर)

विद्यार्थी कुटपिट घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं – काठमाडौँको बौद्धस्थित खावालिङ विद्यालयमा शिक्षिकाले एक विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति