राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन « Khabarhub

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् । शक्तिपीठमा दर्शनका क्रममा उहाँकी धर्मपत्नी प्रथम महिला सविता पौडेल पनि सहभागी थिए । 

राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती पुगेर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरे। 

दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ । सोही परम्पराअनुसार राष्ट्रपति पौडेल आइतबार बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गरेका थिए । 

बडादसैँको आठौँ दिन आइतबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, संकटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरूप दर्शनार्थीको घुइँचो लागेको थियो । त्यसैगरी, राजधानी बाहिरका महत्त्वपूर्ण शक्तिपीठमा पनि आइतबार भगवतीको पूजाअर्चना गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : ०९ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित