ट्यांकरमा आगलागी हुँदा फिलिपिन्समा २ जनाको मृत्यु « Khabarhub

ट्यांकरमा आगलागी हुँदा फिलिपिन्समा २ जनाको मृत्यु


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

मनिला– मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइतबार लङ्गरमा राखिएको मोटर ट्याङ्करमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको  छ ।

स्थानीय समय अनुसार बिहान ९ बजे मोटर ट्याङ्कर सी हर्स नामक जहाजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको फिलिपिन्स कोस्ट गार्डले जानकारी दिएको छ । दुई घण्टापछि दमकलको सहायताले आगो निभाइएको थियो ।

पोर्ट अफ बटाङ्गासका प्रबन्धक जोसेलिटो सिनोक्रजले दिएको पछिल्लो जानकारी अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ  भने दुई जना अझै बेपत्ता छन्।

सिनोक्रजले रेडियो अन्तर्वार्तामा  बताए अनुसार ट्याङ्कर भेसलभित्र दुईवटा शव भेटिएको थियो । जहाजमा आगो लाग्दा सात जना मानिस त्यहाँ रहेको बुझिएको छ ।  घटना हुँदा ट्याङ्कर रित्तो रहेको पनि उनले जानकारी दिएका छन् ।
आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : १५ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६