इजरायल घटनाका मृतकको शव आफन्तलाई बुझाइयो « Khabarhub

इजरायल घटनाका मृतकको शव आफन्तलाई बुझाइयो


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजरायलमा भएको हिंसात्मक घटनामा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका चार युवाको शव धनगढी विमानस्थलमा आज मृतकका आफन्तलाई बुझाइएको छ ।

कैलालीको जोशीपुर गाउँपालिका आशिस चौधरी, घोडाघोडी नगरपालिकाका नरायणप्रसाद न्यौपाने, दार्चुला मल्किार्जुन गाउँपालिकाका लोकेन्द्रसिंह धामी र दार्चुला घर भई कञ्चनपुर निबुवाखेडाका दीपेशराज बिष्टको शव आफन्तलाई बुझाइएको हो । मृतक चार युवाविद्यार्थीको शव नेपाली सेनाको स्काईट्रकमार्फत् धनगढी विमानस्थलमा पुर्‍याइएको थियो । शव बुझ्न मृतकका आफन्त धनगढी विमानस्थलमा पुगेका थिए ।

विमानस्थल पुगेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, मृतक विद्यार्थीलाई अध्ययन गरेको सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत स्कुल अफ एग्रीकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपाने, आफन्तजनलगायतले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

मृतकका आफन्तलाई शव बुझाउन कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी प्रमुखलगायत विमानस्थल पुगेका थिए । स्कुल अफ एग्रीकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपानेका अनुसार ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि ४९ युवा विद्यार्थी इजरायल गएकोमा १७ जना हिंसात्मक घटनामा परेका थिए । यीमध्ये दश जनाको मृत्यु भएको थियो । मृतकमध्ये सात जना सुदूरपश्चिम प्रदेशका रहेकोमा तीन जनाको शव पुग्न बाँकी छ ।

कञ्चनपुर महेन्द्रनगरका विपिन जोशी वेपत्ता रहेको बताइएको छ । घटनामा घाइते भएका तीन जना उपचारमा रहेका छन् भने ३५ जना नेपाल फिर्ता भइसकेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ८ : ०६ बजे

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल