एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको आवश्यक योजना तयारी, नेताहरूको परिचालनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि मंसिर १४ गतेदेखि सुरु गर्ने ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ का बारेमा भइरहेको तयारीबारे छलफल हुनेछ । अभियान बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म सञ्चालन हुने एमालेले जनाएको छ ।

यस्तै, भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौँमा गर्ने प्रदर्शन, पार्टीको आन्तरिक जीवन, देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको