एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको आवश्यक योजना तयारी, नेताहरूको परिचालनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि मंसिर १४ गतेदेखि सुरु गर्ने ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ का बारेमा भइरहेको तयारीबारे छलफल हुनेछ । अभियान बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म सञ्चालन हुने एमालेले जनाएको छ ।

यस्तै, भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौँमा गर्ने प्रदर्शन, पार्टीको आन्तरिक जीवन, देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ०१ बजे

क्लब विश्वकप : पिएसजी सेमिफाइनल प्रवेश

काठमाडौं – वायरन म्युनिखसँगको तनावपूर्ण खेलमा २-० को जितसहित पेरिस

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार