चिसोमा रुघाखोकी र मौसमी फ्लुबाट कसरी बच्ने ? | Khabarhub Khabarhub

चिसोमा रुघाखोकी र मौसमी फ्लुबाट कसरी बच्ने ?


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मंसिरको पहिलो सातासँगै विस्तारै चिसो बढिरहेको छ। यो चिसोको मौसममा बालबालिका, वृद्धवृद्धा मात्र नभई युवा उमेरका मानिसलाई पनि विभिन्न समस्या देखिने गर्छन्। यो समयमा रुघाखोकी र निमोनियाको समस्या धेरै देखिन्छ। रुघाखोकीलाई सामान्य ठानेर समयमा उपचार नगरेमा निमोनिया हुनसक्छ। दीर्घ रोग भएकालाई झन् निमोनियाको सङ्क्रमणको जोखिम बढी हुने चिकित्सक बताउँछन्। किन हुन्छ निमोनिया ?, चिसो बढेसँगै सामान्य रुघाखोकी, मौसमी फ्लु बढेको छ, यसबाट कसरी बच्ने ? यी र यस्तै विषयमा खबरहबका लागि जनरल फिजिसियन डा. रक्षा गौतमसँग गरिएको कुराकानीको सम्पादित अंश :

चिसो मौसममा हुने निमोनिया के हो ?
साधारण भाषामा बच्चाको छातीमा हुने ‘इन्फेक्सन’लाई निमोनिया भनिन्छ। फोक्सोमा आउने एक प्रकारको खराबी नै निमोनिया हो। जसमा फोक्सोका कोषहरू सुनिन्छन् अनि श्वासप्रश्वासमा समस्या हुन्छ। ब्याक्टेरिया र भाइरसले निमोनिया गराउँछ। निमोनिया भनेको बालबालिकाको मृत्यु गराउने प्रमुख रोगमध्ये मुख्य रोग हो। यसको सङ्क्रमण सबैभन्दा बढी दुई वर्षमुनिका साना बालबालिकालाई हुन्छ।

बालबालिकामा हुने निमोनियाको लक्षण के कस्ता देखिन्छन् ?
बालबालिकालाई सुरुमा खोकी लाग्ने, नाकबाट सिंगान बग्ने र हल्का ज्वरो आउने साधारण रुघाखोकी लाग्ने र बच्चाले छिटोछिटो श्वास फेर्दछ भने निमोनिया भएको शंका गरिन्छ। एक वर्ष भन्दा सानो बच्चाले एक मिनेटमा ६० पटक भन्दा कम श्वास फेर्नु पर्दछ। दुई वर्ष भन्दा मुनिको बच्चाले ५० पटक भन्दा कम श्वास फेर्नुपर्छ र दुई वर्ष भन्दा माथिको बच्चाले ४० पटक भन्दा कम श्वास फेर्नु पर्दछ। शिशुले छिटोछिटो श्वास फेर्यो भने निमोनिया भएको शंका गर्न सकिन्छ।

निमोनिया भनेको बालबालिकाको मृत्यु गराउने प्रमुख रोगमध्ये मुख्य रोग हो। यसको सङ्क्रमण सबैभन्दा बढी दुई वर्षमुनिका साना बालबालिकालाई हुन्छ।

चिसो बढेसँगै देखिने सामान्य रुघाखोकी र मौसमी फ्लुबाट कसरी बच्ने ?
नेपालमा २०१६ मा मौसमी फ्लुको अध्ययन भएको थियो। त्यो अध्ययनमा पुस र माघ महिनामा र असार र साउनमा गरेर वर्षमा दुई पटक मौसमी फ्लुले आक्रमण गर्छ। पुस र माघमा जाडो हुने र असार र साउनमा पानी पर्ने र चिसो हुने हुँदा भाइरसको सङ्क्रमण द्रुत गतिमा फैलिने हुन्छ। यसलाई मौसमी फ्लु भनिएको हो।

जाडो मौसमसँगै मौसमी फ्लूमा रुघाखोकी, निमोनिया जस्ता समस्याले बढी नै सताउने गर्छ। चिसो र सुख्खा मौसममा भाइरस बढी बाँच्न सक्ने भएर यो रोग द्रुत गतिमा फैलिन्छ। यो राइनो भाइरसले गर्दा हुन्छ।

जाडो मौसमसँगै मौसमी फ्लूमा रुघाखोकी, निमोनिया जस्ता समस्याले बढी नै सताउने गर्छ। चिसो र सुख्खा मौसममा भाइरस बढी बाँच्न सक्ने भएर यो रोग द्रुत गतिमा फैलिन्छ। यो राइनो भाइरसले गर्दा हुन्छ। ५०० भन्दा पनि बढी भाइरसले गर्दा यो समस्या हुने हो। त्यसैले मौसमी फ्लु भन्दैमा मौसम परिवर्तनसँग सम्बन्धित छैन भनेर बुझ्नुपर्छ। यो इन्फ्लुन्जाले गर्दा हुन्छ। कमन कोल्ड भनेको वर्षभर जुन समयमा पनि हुनसक्छ।

जाडो मौसममा के कस्ता लक्षण देखा पर्दा अस्पताल जानुपर्छ ?
यी रोग भाइरसको कारणले हुने हुँदा कुन रोग हो भनेर चिन्न गाह्रो हुन्छ। मौसमी रुघाखोकी मौसम परिवर्तन र चिसोले हुने भन्ने कुरा एकदम मिथ हो। कमन कोल्ड र कोभिडमा यान्टिबायोटिकको प्रयोग गरेर काम छैन। जाँच नगरी कुनै यान्टिबायोटिक प्रयोग गर्नु हुँदैन। बच्नका लागि नियमित खोप भने लगाउनै पर्छ। समयमा उपचार गराइएन भने श्वासप्रश्वासमा समस्या आउँदा धेरै नै गाह्रो भइसकेको हुन्छ। चारदेखि पाँच दिनसम्म ज्वरो कम भएको छैन, स्वाद छैन, कोही दीर्घ रोगी हुनुहुन्छ र भ्याक्सिन पनि लगाएको छैन भने त अक्सिजनको मात्र हेरेर तुरुन्त परामर्श लिनुपर्छ।

जुनै पनि भाइरसबाट सर्ने रोगबाट बच्न हात धोइराख्ने, सामाजिक दूरी कायम गर्ने, रोगको विषयमा आत्तिने र मात्तिने गर्नु हुँदैन।

यस्तो समस्या नदेखियोस् भनेर के-के कुरामा ध्यान दिने ?
जुनै पनि भाइरसबाट सर्ने रोगबाट बच्न हात धोइराख्ने, सामाजिक दूरी कायम गर्ने, रोगको विषयमा आत्तिने र मात्तिने गर्नु हुँदैन। कमन कोल्डको भ्याक्सिन हुँदैन, मौसमी रुघाखोकीको फ्लुको चाहिँ भ्याक्सिन हुन्छ। त्यसैले भदौ र असोजमा बिरामीलाई वर्षमा एक भ्याक्सिन लगाउनुहोस् भनिएको छ। यो लगाएर कुनै समस्या आउँदैन भन्ने हुँदैन। तर, ज्यानै गुमाउनु पर्ने अवस्था हुँदैन।

इन्फ्लुन्जा भ्याक्सिन सबै नेपालीको पहुँचमा छ ?
इन्फ्लुन्जा भ्याक्सिन नेपालको सबै ठाउँमा छ, यो लगाएर यान्टिबडी बन्न समय लाग्छ। यो भदौ असोजमा लगाइन्छ। यो सबैको पहुँचमा पनि छ। यो धेरै महंगो छैन। सबैले लगाउन सकिन्छ। ६ महिना भन्दा माथिका बालबालिका र गर्भवतीका लागि यो सुरक्षित छ। यसको मूल्य १५०० सम्म पर्नसक्छ। जुनसुकै उमेर समूहले लाउँदा हुन्छ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ५७ बजे

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई