क्षयरोगको परीक्षण र उपचार हुने भएपछि बिरामीलाई सहज  « Khabarhub

क्षयरोगको परीक्षण र उपचार हुने भएपछि बिरामीलाई सहज 


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा क्षयरोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ । परीक्षण गर्न नयाँ उपकरणको व्यवस्था गरिएको छ ।

धवलागिरि अस्पतालमा रहेको क्षयरोग उपचार केन्द्रमा यसअघि क्षयरोग छ/छैन मात्रै पत्ता लगाउने उपकरण थियो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरले नयाँ उपकरण भित्र्याएको हो । उक्त उपकरण हाल धवलागिरि अस्पतालसहित देशभरका छवटा क्षयरोग उपचार केन्द्रमा मात्र छन् ।

४० लाख लागतको उपकरण धवलागिरि अस्पतालमा मङ्गलबारदेखि परीक्षणका लागि जडान गरिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरका प्रयोगशाला निरीक्षक ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।

अस्पतालमा सात वर्षदेखि क्षयरोग उपचार केन्द्र रहे पनि औषधि चलाउनका लागि दोस्रो चरणको परीक्षणका लागि खकार काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो ।

अब बागलुङमा क्षयरोगको पहिलो लाइन र दोस्रो लाइनको परीक्षणसहित उपचार गरिने भएपछि बागलुङसहित छिमेकी जिल्लाका क्षयरोगीलाई सहज हुने प्रयोगशाला निरीक्षक भुसालको भनाइ छ ।

उक्त उपकरण विश्वकै आधुनिक उपकरण भएको भन्दै क्षयरोग नियन्त्रणमा उपकरणले सहयोग गर्ने छ । धवलागिरि अस्पतालमा यसअघि रहेको क्षयरोग छ/छैन भनेर पत्ता लगाउने उपकरण भने बागलुङ बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको स्वास्थ्य कार्यालय बागलुङ क्षय कुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

अब क्षयरोग भए/नभएको परीक्षण गर्नेमात्र उपकरण बागलुङको पश्चिम क्षेत्र बुर्तिवाङमै हुनेछ । उनका अनुसार उक्त क्षयरोग र क्षय प्रतिरोग पत्ता लगाउने उपकरणले बागलुङसहित म्याग्दी, मुस्ताङ, पर्वत, गुल्मी र रुकुम जिल्लालाई समेत फाइदा पुग्ने छ । जिल्लामा क्षयरोगीको सङ्ख्या ४५ रहेको घिमिरेले जानकारी दिए । 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ४७ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई