महत्त्वपूर्ण समयमा जाग्ने अस्ट्रेलिया | Khabarhub Khabarhub

महत्त्वपूर्ण समयमा जाग्ने अस्ट्रेलिया


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

सन् १९७५ मा इङ्गल्यान्डले पहिलो विश्वकप क्रिकेटको आयोजना गर्दा वेस्ट इन्डिजले जित हात पारेको थियो। तथापि सो विश्वकपको फाइनल अपेक्षाकृत प्रतिस्पर्धात्मक भएको थियो। विश्वकप क्रिकेट आयोजनाको ५० वर्ष पार गर्न लाग्दा विभिन्न आरोह र अवरोह देखिए। विभिन्न शक्ति केन्द्र देखिए। थुप्रै अप्रत्याशित परिणाम देखिए। साथमा थुप्रै अनुमान विपरीतका परिणाम देखिए। यो इतिहासमा अस्ट्रेलिया नै यस्तो टोली देखियो कि जसको परिचय चाहेको समयमा जाग्ने आदत राख्छ।

सन् १९७५ कै पहिलो विश्वकप ६० ओभरको खेल थियो। एन्डी रोबर्ट्स,माइकल होल्डीङ, कोलिन क्राफ्ट र जोल गार्नरको ‘फोर म्यान हर्स अट्याक’ ७० को दशकको क्रिकेटमा अत्यन्त लोकप्रिय थियो। संसारका नामी ब्याट्सम्यानका लागि समेत उनीहरूको बलमा रन बटुल्न होइन, आफूलाई जोगाउनसमेत कठिन हुने दिन थियो।

विश्वकप क्रिकेट आयोजनाको ५० वर्ष पार गर्न लाग्दा विभिन्न आरोह र अवरोह देखिए। विभिन्न शक्ति केन्द्र देखिए। थुप्रै अप्रत्याशित परिणाम देखिए। साथमा थुप्रै अनुमान विपरीतका परिणाम देखिए। यो इतिहासमा अस्ट्रेलिया नै यस्तो टोली देखियो कि जसको परिचय चाहेको समयमा जाग्ने आदत राख्छ।

पेस बलिङ आक्रमणको साथमा भिभियन रिचर्डसन, जोर्डन ग्रनिड्जे र कप्तान क्लाइभ लायडको ब्याटिङ शक्तिका सामु संसार निरीह जस्तै थियो। अस्ट्रेलियाले फाइनलमा वेस्ट इन्डिजलाई कडा चुनौती मात्र दिएन, लगभग दुई पटक जितको नजिक पुगेको थियो। दुवै पारीमा अस्ट्रेलिया एक पटक जित्ने सम्भावना प्रबल देखिएको थियो।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० रनमा तीन विकेट गुमाइ सकेको थियो। कप्तान लायडले १ सय २ रन प्रहार गरेपछि वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा २ सय ९१ रनको योगफल खडा गरेको थियो। जवाफमा २ सय ९२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका एलन टर्नरले ४० तथा कप्तान इयान च्यापलले ६२ रन बनाएपछि सो टोलीको जितको सम्भावना प्रबल देखिएको थियो।

अन्ततः पाँच रन आउटका कारण अस्ट्रेलिया २ सय ७४ रनमा सीमित भएको थियो। यसरी अस्ट्रेलियाले विश्वकपको फाइनलमा वेस्ट इन्डिजलाई थर्काउने अपेक्षा कमैको थियो। प्रुडेन्सीयल विश्वकपको नाम दिइएको पहिलो दुई संस्करण वेस्ट इन्डिजले जितेपछि तेस्रो विश्वकपमा भारतले सफलता पाएको थियो।

सन् १९८७ मा विश्वकप क्रिकेटको आयोजनाको अवसर दक्षिण एसियाले पाएको थियो। भारत र पाकिस्तानमा भएको सो विश्वकपमा एलन बोर्डरको नेतृत्वमा अस्ट्रेलियाले सफलता पाएको थियो। सोही विश्वकप पछि नै अस्ट्रेलिया र दक्षिण एसियाली राष्ट्रको बिचमा क्रिकेटका कडा होडबाजी हुन थालेको हो। यस बिचमा सन् २०१९ मा मात्र इङ्गल्यान्ड र न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेका थिए। सो विश्वकप इङ्गल्यान्डले जितेको थियो।

सन् १९८७ मा विश्वकप क्रिकेटको आयोजनाको अवसर दक्षिण एसियाले पाएको थियो। भारत र पाकिस्तानमा भएको सो विश्वकपमा एलन बोर्डरको नेतृत्वमा अस्ट्रेलियाले सफलता पाएको थियो।

रातो बलमा विश्वकप भएको सोही अन्तिम विश्वकप थियो। फाइनलमा अस्ट्रेलियाले बनाएको २ सय ५३ रनको जवाफमा ब्याटिङ गरेको इङ्गल्यान्डले २ सय ४६ रन बनाएको थियो। रिलायन्स विश्वकप क्रिकेटको नाम रहेको सो विश्वकपको याद दशकौँसम्म धेरैले गर्ने गरेका छन्। जसका कारण एलन बोर्डलाई क्रिकेटको उत्कृष्ट कप्तानको रूपमा पनि धेरैले हेर्ने गरेका छन्। सो प्रतियोगितामा धेरैले भारत र इङ्गल्यान्डलाई उपाधिको दाबेदार मानेको थिए। प्रतियोगिताको दौरान अस्ट्रेलिया भारतसँगको खेलमा पराजित पनि भएको थियो।

इङ्गल्यान्डका ग्राहम गुचले तीन खेलमा म्यान अफ द म्याच अवार्ड पाएका थिए। भारतको लोकप्रिय इडेन गार्डेन मैदानमा उपस्थित हजारौँ भारतीय दर्शकको समर्थन पनि उनलाई र उनको टोलीलाई थियो। तथापि अस्ट्रेलियाका सामु इङ्गल्यान्ड निरीह साबित भएको थियो।

सन् १९९२ मा दोस्रो पटक दक्षिण एसियाली टोली विश्वकप जित्न सफल भयो। एक दिवसीय क्रिकेट ५० ओभरमा हुन थालेको थियो। खेल दिवारात्री पनि हुन सुरु भइसकेको थियो। सो विश्वकपको फाइनलमा पाकिस्तानले ६ विकेटको क्षतीमा २ सय ४९ रनको औसत योगफल तयार गरेको थियो। इङ्गल्यान्ड २ सय २९ रनमा सीमित हुँदै फेरी उपविजेता बनेको थियो।

रातो बलमा विश्वकप भएको सोही अन्तिम विश्वकप थियो। फाइनलमा अस्ट्रेलियाले बनाएको २ सय ५३ रनको जवाफमा ब्याटिङ गरेको इङ्गल्यान्डले २ सय ४६ रन बनाएको थियो। रिलायन्स विश्वकप क्रिकेटको नाम रहेको सो विश्वकपको याद दशकौँसम्म धेरैले गर्ने गरेका छन्।

इन्जमाम उलहकले विस्फोट ब्याटिङ गर्दै ३५ बलमा ४२ रन बनाए। बसिम अक्रमको रिभर स्वीङको कारण उनले १० ओभरमा ४९ रन खर्चिँदै तीन विकेट लिए। पाकिस्तानका कप्तान इमरान खान सोही विश्वकपपछि संसारमा छाउन थालेका थिए।

सन् १९९६ को विश्वकप क्रिकेट सनथ जयसुर्याको नाममा चिनिन थालेको थियो। सुरुमा विकेट जोगाउँदै पछि रन हान्ने प्रचलनको विरुद्धमा पहिलो पावर प्लेको उपयोग गर्ने शैली जयसुर्याले सुरु गरेका थिए।

सो विश्वकपको फाइनलमा अस्ट्रेलियाले छाडेको २ सय ४२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले अरविन्द डी सिल्भाको १ सय ७ रनको योगदानमा २२ बल बाँकी छदा नै ३ विकेटको क्षतिमा लक्ष्य पुरा गर्न सफल भयो।

अस्ट्रेलियाको वास्तविक परिचय सन् १९९९ को विश्वकपमा भएको थियो। दाबेदार दक्षिण अफ्रिकासँग सेमिफाइनलमा टाई भएपछि सुपर फोरसम्मको नेट रन रेटको आधारमा अस्ट्रेलिया फाइनल प्रवेश गरेको थियो। अर्को दाबेदार पाकिस्तान भने फाइनलमा निरीह साबित भएको थियो। पाकिस्तान फाइनलमा अप्रत्याशित रूपमा १ सय ३२ रनमा सीमित भएको थियो। सेन वार्नले ९ ओभरमा ३३ रन खर्चिँदै चार विकेट लिएका थिए। अस्ट्रेलियाले २१ औं ओभरको पहिलो बलमा दुई विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो।

सन् २००३ को विश्वकप फाइनलमा अस्ट्रेलियाले भारतलाई १ सय २५ रनले हरायो। कप्तान रिक्की पोन्टीङको अविजित १ सय ४० तथा डामिएन मार्टिनको ८८ रनको योगदानमा अस्ट्रेलियाले दुई विकेटको क्षतीमा ३ सय ५९ रन जोडेको थियो। भारत सो खेलमा २ सय ३४ रनमा सीमित भयो।

सन् २००७ को फाइनलमा अस्ट्रेलियाले श्रीलङ्कालाई डर्क वर्थ लुइस नियमको आधारमा ५३ रनले हरायो। अस्ट्रेलियाले ३८ ओभरमा ४ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो। श्रीलङ्कालाई ३६ ओभरमा २ सय ६९ रनको लक्ष्य दिइएको थियो। सो टोली २ सय १५ रनमा सीमित भएको थियो।

सन् २००३ को विश्वकप फाइनलमा अस्ट्रेलियाले भारतलाई १ सय २५ रनले हरायो। कप्तान रिक्की पोन्टीङको अविजित १ सय ४० तथा डामिएन मार्टिनको ८८ रनको योगदानमा अस्ट्रेलियाले दुई विकेटको क्षतीमा ३ सय ५९ रन जोडेको थियो। भारत सो खेलमा २ सय ३४ रनमा सीमित भयो।

सन् २०११ मा भारतले श्रीलङ्कालाई हराउँदै उपाधि जित्यो। छैटौँ पटक विश्वकप खेलेका सचिन तेन्दुलकरले पहिलो विश्वकप जितेका थिए। सन् २०१५ मा समूह चरणमा पहिलो हुँदै उपाधिको दाबेदार ठहरिएको भारतलाई सेमिफाइनलमा हराउँदै फाइनलमा प्रवेश गरेको हो।

सेमिफाइनलमा अस्ट्रेलियाका स्टेभन स्मिथले ९३ बलमा १ सय ५ रन प्रहार गरेपछि अस्ट्रेलियाले सात विकेटको क्षतिमा ३ सय २७ रनको योगफल खडा गरेको थियो। भारत २ सय ३३ रनमा सीमित भएको थियो। फाइनलमा मिचेन जोन्सनले ९ ओभरमा ३० रन खर्चेर तीन विकेट लिएपछि न्युजील्यान्ड १ सय ८३ रनमा सीमित भएको थियो। अस्ट्रेलियाले ३४ औं ओभरको पहिलो बलमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो।

सन् २०१९ मा अस्ट्रेलिया युग सकिए झैँ थियो। इङ्गल्यान्डले न्युजिल्यान्डलाई हराउँदै पहिलो उपाधि जितेको थियो। यस पटकको विश्वकपको ठिक अघि अस्ट्रेलियाले दक्षिण अफ्रिकासँगको सिरिजमा हारको सामना गरेको थियो। पहिलो दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग फराकिलो पराजयको सामना गरेपछि अस्ट्रेलियाले लिग चरण पार गर्ने अनुमान कमैको थियो।

न्युजिल्यान्डसँगको खेलमा ट्रेभिस हेड पहिलो पटक खेलेका थिए। उनकै कारण अस्ट्रेलिया पाँच रनले विजयी भयो भने दक्षिण अफ्रिकासँगको सेमिफाइनल तथा भारतसँगको फाइनलमा उनी नै नायक साबित भए।

सो समयमा धेरै खेलाडी फर्ममा थिएनन् भने चोटको समस्या त्यत्तिकै थियो। तथापि अस्ट्रेलियाले बाँकी सबै खेल जित्यो। न्युजिल्यान्डसँगको खेलमा ट्रेभिस हेड पहिलो पटक खेलेका थिए। उनकै कारण अस्ट्रेलिया पाँच रनले विजयी भयो भने दक्षिण अफ्रिकासँगको सेमिफाइनल तथा भारतसँगको फाइनलमा उनी नै नायक साबित भए। उता, भारतले सुरुवातदेखि उत्कृष्ट खेल खेलेको थियो। फेरि एक पटक अस्ट्रेलिया महत्त्वपूर्ण समयमा भारतमाथि हाबी हुँदै उपाधि हात पार्न सफल भएको हो। स्रोतः क्रिकइन्फो,हिन्दुस्तान टाइम्स, इन्डिया टुडे, क्रिकबज

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ५९ बजे

दुई युवा सवार तीव्र गतिको मोटरसाइकल जब घरको भित्तामा ठोक्कियो

चितवन – चितवनको रत्ननगर नगरपालिकामा तीव्र गतिको मोटरसाइकल घरमा ठोक्किँदा

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

काठमाडौं– कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन्

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित

गृहमन्त्री र जीबी राईबारे अफवाह फैल्याएको आरोपमा समातिए डिल्लीराम

पटक पटक विवादमा परिरहने डिल्लीराम खनालाई प्रहरीले पक्राउ गरेको छ

अवैध लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौं-  झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने