इजरायल र हमासबीच सहमति, पहिलो चरणमा ५० जना बन्दी छाडिने « Khabarhub

इजरायल र हमासबीच सहमति, पहिलो चरणमा ५० जना बन्दी छाडिने


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युद्धरत इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमास गाजामा बन्दी बनाइएका ५० जनालाई रिहा गर्न सहमत भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सहमतिलाई इजरायली सरकारले अनुमोदन गरेको छ । यो अनुमोदनसँगै पहिलो चरणमा महिला तथा बालबालिका मुक्त हुने छन् ।  

आज बिहान इजरायलको मन्त्रिपरिषदले गाजामा अपहरण गरिएका लगभग ५० बन्धकहरूलाई रिहा गर्न सुरक्षित गर्ने सम्झौतालाई अनुमोदन गरेको हो ।

बाँकी बन्दीहरुका बारेमा केही नखुलाइए पनि पहिलो चरणमा ५० बन्दी रिहा गरेपछि इजरायलले प्रत्येक एक दिन युद्धविराम लम्ब्याउने र हमासले १० जनाका दरले बन्दी छाड्ने सहमति भएको छ । सहमति इसराइलले गजामा भैरहेको हवाई तथा अन्य सैन्य आक्रमण चार दिनलाई स्थगित गर्नेछ।

दुई पक्षको सहमतिअनुसार हमास समूहले बन्दीहरू छाडेवापत इजरायलले गाजा क्षेत्रमा गरिरहेको आक्रमण स्थगित गर्नेछ । इजरायलले पहिलो चरणमा गाजा क्षेत्रमा भइरहेको आक्रमण चार दिनलाई स्थगित गर्नेछ ।

गत असोज २० गते हमास समूहले एक्कासि इजरायलमाथि आक्रमण गरेपछि इजरायलले लगातार गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ ।

सो आक्रमणपछि हमास समूहले नेपालीसहित विभिन्न मुलुकका दुईसय भन्दा बढी नागरिकलाई बन्धक बनाएर राखेको छ । 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ९ : २३ बजे

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा