फिफा विश्वकप छनोट : ब्राजिलमाथि अर्जेन्टिनाको जित « Khabarhub

फिफा विश्वकप छनोट : ब्राजिलमाथि अर्जेन्टिनाको जित


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२६ को फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले जित निकालेको छ । आज बिहान भएको दक्षिण अमेरिकी छनोट ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले जित निकालेको हो । 

अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६३ औँ मिनेटमा निकोलसले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए ।

यो जितसँगै अर्जेन्टिना ६ खेलबाट १५ अङ्कका साथ पहिलो स्थानमा रहेको छ भने पराजित भएको ब्राजिल ७ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ । दोस्रो स्थानमा रहेको उरुग्वेको १३ अङ्क छ । 

अर्जेन्टिना र ब्राजिलबीचको खेल सुरु हुनुअघि दुई पक्षका समर्थकहरूबीच झडप भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ९ : ५८ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति