फिफा विश्वकप छनोट : ब्राजिलमाथि अर्जेन्टिनाको जित « Khabarhub

फिफा विश्वकप छनोट : ब्राजिलमाथि अर्जेन्टिनाको जित


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२६ को फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले जित निकालेको छ । आज बिहान भएको दक्षिण अमेरिकी छनोट ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले जित निकालेको हो । 

अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६३ औँ मिनेटमा निकोलसले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए ।

यो जितसँगै अर्जेन्टिना ६ खेलबाट १५ अङ्कका साथ पहिलो स्थानमा रहेको छ भने पराजित भएको ब्राजिल ७ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ । दोस्रो स्थानमा रहेको उरुग्वेको १३ अङ्क छ । 

अर्जेन्टिना र ब्राजिलबीचको खेल सुरु हुनुअघि दुई पक्षका समर्थकहरूबीच झडप भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ९ : ५८ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : के-के गरिँदैछ ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६