दाङमा धान उत्पादनमा वृद्धि « Khabarhub

दाङमा धान उत्पादनमा वृद्धि


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङमा यसवर्ष धान उत्पादन वृद्धि भएपछि खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ ।

यस वर्ष गत वर्षको तुलनामा नौ दशमलव ७५ प्रतिशत धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गतवर्ष एक लाख ५३ हजार चार सय ६३ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष एक लाख ५८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

घोराही उपमहानगरपालिका-६ का मङ्गल चौधरीले समयमा पानी परेकाले धान समयमै रोप्न पाएपछि विगत भन्दा यस पटक धान उत्पादनमा बढेको बताए । ‘यसवर्ष ब्याड राखेको समयमै रोप्ने वातावरण बन्यो । पानीको समस्या नभएकाले रोपाइँ समयमा भएको थियो’, उनले भने, ‘हाइब्रिड धान रोपेका थियौँ । त्यसैले पनि धान उत्पादनमा वृद्धि भएको हो ।’ 

घोराही–५ धर्नाका मनोज चौधरीले ‘युएस तीन सय १२’ जातको धान लगाउनु भएको थियो । ‘गतवर्ष १५ कट्ठा खेतमा ६० मुरी धान फलेकामा यसवर्ष सोही जमिनमा ७० मुरी धान फलेको छ’, उनले भने, ‘गतवर्ष उत्पादन भएको धाएर सकिएको थियो । यसवर्ष पाँच क्विन्टल बिक्री गरेको छु । समयमा रोपाइँ गरेकाले धान उत्पादन बढेको हो ।’ रोपाइँ गरेदेखि पसाउँदासम्म धानलाई आवश्यक मात्रामा पानी पुगेकाले उत्पादन बढेको मनोजको भनाइ थियो ।  

हाईब्रिड जातको बीउ, समयमा पानी पर्नु, मल समयमा पाउनुलगायत कारणले उत्पादन बढेको केन्द्रले जनाएको छ । जिल्लामा यस वर्ष ३५ हजार दुई सय ८० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएकामा नौ दशमलव ७५ प्रतिशतले उत्पादनमा वृद्धि आएको केन्द्रका कृषि अर्थविज्ञ एवम् सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिए। उनका अनुसार यस वर्ष प्रति हेक्टर पाँच मेट्रिक टन धान उत्पादन भएको छ । 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १२ : ३७ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था