लागूऔषधसहित पाँचजना पक्राउ « Khabarhub

लागूऔषधसहित पाँचजना पक्राउ


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध लागूऔषधसहित सुर्खेतबाट २ जना र चितवनबाट ३ जना गरी जम्मा ५ जना पक्राउ परेका छन् । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ तातापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ३ हजार रुपैयाँ, कैंची १ थान, प्लाष्टिकको टुक्रा १० वटा, प्लेट १ थान र मोबाइल २ थानसहित वीरेन्द्रनगर नगरपालिका-३ बस्ने ३६ वर्षीय बलभद्र खत्री समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले खत्रीको घरबाट उक्त लागूऔषध लुकाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

चितवनको राप्ती नगरपालिका-५ मंगलटाडीबाट नियन्त्रित लागूऔषध प्रोमिथाजाइन ६ सय ट्याब्लेट, ट्रमाडोल ६ सय ६० ट्याब्लेट र ट्रमाडोल ३० एम्पुल र नगद १८ हजार ९ सय ५० रुपैयाँसहित राप्ती नगरपालिका-५ बस्ने २७ वर्षीय सुनिल तामाङ समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध किनबेच गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  

 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  २ : ५६ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म