हामीलाई जिस्काउने हो भने काठमाडौंका मान्छेले भात खान पाउँदैनन् : दुर्गा प्रसाईं « Khabarhub

हामीलाई जिस्काउने हो भने काठमाडौंका मान्छेले भात खान पाउँदैनन् : दुर्गा प्रसाईं


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूहरुलाई जिस्काएमा काठमाडौंका मानिसले भात खान नपाउने गरी नाका ठप्प पारिदिने चेतावनी दिएका छन् । ‘हामीलाई जिस्काउने हो भने काठमाडौंका मान्छेले भात खान पाउँदैनन्,’ भक्तपुरस्थित आफ्नै घरमा पत्रकार सम्मलेन गर्दै बुधबार प्रसाईले भने, ‘ हामीलाई काठमाडौं छिर्न दिएनन् भने काठमाडौंका सबै नाका ठप्प पार्छौं ।’

मंसिर ७ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईले त्यसको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका हुन् । आफ्ना समर्थकहरुको हुटिङ र होहल्लाका वीच प्रसाईंले भने,‘भोलिदेखि विद्रोहको विरुवा रोपिन्छ । साम्यवाद कस्तो हुन्छ भन्ने म देखाइदिन्छु ।’

मेडिकल व्यवसायी प्रसाईंले एक्लो मानिससँग राज्य हल्लिएको भन्दै गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको बताए । पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकाले गणतन्त्र हल्लिएको भन्दै अब यो व्यवस्था अन्त्य नभएसम्म घर नफर्किने उद्घोष गरे । कि जेल जाने कि मर्ने कसम खाएर आफु काठमाडौँ आएको प्रसाईंको भनाइ छ ।

काठमाडौंको कार्यक्रममा सहभागी हुन आएका महिला महिला बसेको ठाउँमा युवासंघका कार्यकर्ताले हातपात गर्न खोजेको उनले आरोप लगाए । उनले महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन भएकोमा आपत्ति समेत जनाए ।

ओली र बस्नेतलाई चेतावनी दिँदै उनले मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

विहीबार राजधानीमा कार्यक्रमको घोषणा गरेका प्रसाईंले पत्रकार सम्मलेनमा कार्यक्रमको स्थानबारे भने स्पष्ट बताउन सकेनन् । उनले भने,‘बल्खुमा पनि हुन सक्छ, झापामा पनि हुन सक्छ । यसको सेड्युल आउँछ ।’

यसअघि प्रसाईले रत्नपार्कमा कार्यक्रम हुने बताएका थिए । तर, महेश बस्नेत नेतृत्वको युवा संघले तीनकुनेमा कार्यक्रम गर्ने भएपछि बल्खुमा कार्यक्रम हुन सक्ने उनले बताएका हुन् ।

गणतन्त्रको विरोधमा राजतन्त्र फर्काउने वकालत गर्दै आएका प्रसाईले बैंक र वित्तीय संस्थाको विरोधलाई आफ्नो रणनीति बनाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ३ : ०९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको