भोलि अत्यावश्यक काममा मात्र घर बाहिर निस्कन काठमाडौँवासीलाई प्रहरीको आग्रह « Khabarhub

भोलि अत्यावश्यक काममा मात्र घर बाहिर निस्कन काठमाडौँवासीलाई प्रहरीको आग्रह


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँले भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

आज एक सूचना निकाल्दै उपत्यका ट्राफिक प्रहरी कार्यालये भोलि उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले र्‍याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने बताएको छ ।

भोलि एकै दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संघ नेपालले काठमाडौँ केन्द्रित प्रदर्शन गर्दैछन् । प्रदर्शनबाट उत्पन्न हुन सक्ने सम्भावित घटनालाई लिएर प्रशासन कार्यालयले विभिन्न स्थानमा निषेधित क्षेत्र समेत घोषणा गरिसकेको छ ।

ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ. एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन पनि आग्रह गरेको छ ।

ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न कार्यालयको अनुरोध छ ।

यो पनि

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ३ : २५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको