राष्ट्रियसभा निर्वाचनमा भाग लिने मतदाताको बढ्यो मतभार « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा भाग लिने मतदाताको बढ्यो मतभार


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताको मतभार बढेको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार बढेको जनाएको हो ।

२०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको छ ।

आज बसेको आयोगको बैठकले प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडैलले जानकारी दिए ।

यसअघि एकजना प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो । राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्ने गरी आयोगले सरकारलाई सुझाव दिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ४ : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको