भोलिको सुरक्षा प्रभावकारी बनाउन मानवअधिकार आयोगको आग्रह « Khabarhub

भोलिको सुरक्षा प्रभावकारी बनाउन मानवअधिकार आयोगको आग्रह


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले भोलि काठमाडौँमा तय भएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

भोलि मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन हुने भएपछि आयोगले यस्तो आग्रह गरेको हो ।

प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि हुन सक्ने भन्दै आयोगले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक सूचना र सामाचारप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मानव अधिकारको दृटिकोणबाट प्रदर्शनको अनुगमन गर्ने पनि स्पष्ट गरेको छ ।

लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भएपनि प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयमता अपनाउनु प्रदर्शनकारीहरुकै प्राथमिक दायित्व हुने पनि आयोगले स्मरण गराएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ४ : ३४ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल