निर्वाचन आयोगको प्रस्ताव : आगामी चुनाव २०८४ कात्तिक २९ गते « Khabarhub

निर्वाचन आयोगको प्रस्ताव : आगामी चुनाव २०८४ कात्तिक २९ गते


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नै तोकेर नयाँ कानूनको मस्यौदा तयार पारेको छ । आयोगले सरकारलाई बुझाएको मस्यौदा अनुसार कानून बनेमा आगामी आम निर्वाचन २०८४ साल कात्तिक २९ गते आइतबार गर्नुपर्ने हुन्छ ।

आयोगले निर्वाचनसम्बन्धी कानूनलाई एकीकृत रुप दिने तयारी गरेको छ । हाल कायम रहेका ९ वटा कानुनलाई ३ वटामा झार्ने आयोगको तयारी छ । यसका लागि तीनै तहका चुनाव र राष्ट्रपति, उपराष्ट्रपतिको चुनावलाई पनि एउटै कानुनले समेट्ने गरी आयोगले मस्यौदा तयार पारेर गृहमन्त्रालयमा पठाएको छ ।

प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरिएको छ । यो हिसाबले आगामी चुनावको मिति कुन होला ? क्यालेन्डर हेरौं–

यसअघिको आम चुनाव ०७९ मंसिर ४ गते सम्पन्न भएको थियो । चुनावको अन्तिम परिणाम भने आयोगले मंसिर २७ गते घोषणा गरेको थियो । यस आधारमा आगामी २०८४ साल कात्तिक २७ गते शुक्रबार प्रतिनिधिसभाको कार्यकाल ४ वर्ष ११ महिना पूरा हुन्छ ।

आयोगको प्रस्ताव मान्य भएमा त्यसको पहिलो आइतबार अर्थात् कात्तिक २९ गते प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम भने २०७९ पुस २ गते घोषणा गरेको थियो ।

यो हिसाबले २०८४ मंसिर २ गते प्रदेशसभाको ११ महिना पूरा हुन्छ र त्यसको पहिलो आइतबार मंसिर ६ गते प्रदेशसभाको चुनाव गर्नुपर्ने हुन्छ ।

प्रस्तावित विधेयकमा राष्ट्रपति र उपराट्रपतिको निर्वाचन भने पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि प्रस्ताव गरिएको छ ।

रामचन्द्र पौडेल ०७९ फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनको पदावघि ०८४ फागुन २५ गते सकिन्छ । त्यसको तीनदिन अघि अर्थात् ०८४ फागुन २२ गते राष्ट्रपतिको चुनाव गर्नुपर्ने हुन्छ ।

त्यस्तै, उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव ०७९ चैत ३ गते निर्वाचित भएका थिए । उनको पाँचवर्षे कार्यकाल ०८४ चैत ३ गते सकिन्छ । आयोगको प्रस्ताव अनुसार त्यसको तीन दिनअघि चुनाव गर्ने हो भने ०८४ चैत १ गते उपराष्ट्रपतिको चुनाव गर्नुपर्ने हुन्छ ।

यो पनि

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ४ : ४३ बजे

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र