प्रतिगामीहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री « Khabarhub

प्रतिगामीहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।

सरकारी लिखतहरूमा नेपाल संवत्‌ समेत उल्लेख गर्ने सरकारको निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा उनले प्रतिगामीकाे सपना कहिल्यै पूरा नहुने बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘आजको परिवर्तन साना दुखले आएको होइन । यो व्यवस्थाका निम्ति हजारौँले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन् । लाखौं जनताले संघर्ष गरेका छन् । यो व्यवस्था कसैले उल्ट्याउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन ।’ 

प्रधानमन्त्रीले नेपाल संवत् नेपालको मौलिक संवत् भएकोसमेत बताए । उनले भने, ‘हामीले विक्रम संवतको प्रयोग गरिरहेका छौं । कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ । तर, नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो । यसलाई राष्ट्रिय संवतका रूपमा विकसित तुल्याउनुपर्दछ ।’ 

‘एकथरी मान्छेहरू लोकतन्त्र र संस्कारको कुरा गर्दैछन् । उनीहरूको संस्कार के हो, लोकतन्त्र कस्तो थियो भन्ने कुरा हामीले राम्रोसँग देखिसकेका छौं । लुटको स्वर्ग गुमेको छटपटी उनीहरूको होला । तर, व्यवस्थाका विरूद्ध षड्यन्त्र गरिरहे हामी थप कठोर हुन बाध्य हुनेछौं’ प्रधानमन्त्रीले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठ, कांग्रेसका नेता भीमसेनदास प्रधान, नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ५ : २४ बजे

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षा सम्बन्धी आइएसओ २७००१ र २७७०१ मान्यता नवीकरण

काठमाडौं– एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को आफ्नो

अमेरिकाको भ्रम टुटेपछि मन्जिलको संकल्प : गाउँमा शैक्षिक क्रान्ति, राजनीतिको कोर्स करेक्सन

काठमाडौं – बाबु प्राध्यापक गोवर्द्धन राना कांग्रेसका नेता थिए ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक